रामगोपालपुरमा नेपाली कांग्रेस परित्याग गर्दै १०० जनाको माओवादी केन्द्र प्रवेश

2 महीना पहिले प्रकाशित

(2082-04-23 B.S.)

689 पटक देखिएको

महोत्तरी, साउन २३ गते ।
शुक्रबार एक औपचारिक समारोहका बीच महोत्तरीको रामगोपालपुर नगरपालिका–४ मा नेपाली कांग्रेस पार्टी परित्याग गर्दै करिब १०० जना नागरिकहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सक्रिय नेता तथा रामगोपालपुर वडा नं. ४ का वडा कार्यालय भवनका जग्गा दाता नगेन्द्र महतोको नेतृत्वमा भएको उक्त सामूहिक प्रवेशलाई माओवादी पार्टीले ठूलो उपलब्धि मानेको छ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साह प्रमुख अतिथि थिए। उनले पार्टीमा प्रवेश गर्ने सबैलाई माला र अबिर लगाई पार्टीमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता सुर्यनारायण साहले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको मार्गदर्शन, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता रामगोपालपुर नगरकमिटी अध्यक्ष रामपदारत मण्डलले गरेका थिए।

कार्यक्रममा विशेष अतिथि लालेंद्र मण्डल, अरविन्द दास, रामगोपालपुरका पूर्व मेयर अशोक मण्डल, पूर्व उपमेयर सिता देवी, रैजु साह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगेन्द्र महतोले भने,"नेपाली कांग्रेसको स्थानीय तहमा बढ्दो गुटबन्दी, जनताप्रति गैरजिम्मेवार रवैया र नेतृत्वको बेवास्ताले गर्दा हामीले वैकल्पिक शक्तिको रुपमा माओवादी केन्द्र रोजेका हौं।"उनका अनुसार पार्टी परित्याग गर्नेहरूको समूहमा स्थानीय समाजसेवी, युवा, किसान, महिला र बुद्धिजीवी वर्गका व्यक्तिहरू समेत रहेका छन्।

कार्यक्रममा माओवादी नेताहरूले रामगोपालपुर क्षेत्रमा संगठन विस्तारका लागि यो प्रवेश ऐतिहासिक कदम भएको जनाउँदै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै पूर्व अर्थमन्त्री भरत प्रसाद साहले भने,"आजको यो कार्यक्रम रामगोपालपुरमा मात्रै होइन, सम्पूर्ण मधेशमा जनताको भरोसा माओवादीप्रति बढ्दो संकेत हो। हामी सबै मिलेर नयाँ परिवर्तनको यात्रा अघि बढाउँछौं।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

4 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

6 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

6 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

7 दिन पहिले

जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..

जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता

महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..

8 दिन पहिले

अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घ..

महोत्तरी, असोज १९ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्..

9 दिन पहिले