नेपालमै पहिलोपटक मधेश प्रदेश सरकारले सुधार केन्द्र सञ्चालनमा ल्यायो

1 वर्ष पहिले प्रकाशित

(2082-04-31 B.S.)

1619 पटक देखिएको

निरञ्जन कुमार साह
गौशाला, साउन ३१ गते ।

महोत्तरीको गौशाला नगरपालिका–८ स्थित सोनी खोलाको किनारमा नेपालकै पहिलो सरकारी स्वामित्वको सुधार केन्द्र शनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका हुन् ।

यो केन्द्र स्थापना गर्ने पहल २०७८ माघ २८ गते तत्कालीन गृह, सञ्चार तथा कानुन मन्त्री भरतप्रसाद साहले गरेका थिए। झन्डै ८४ लाख लागतमा निर्माण भएको केन्द्रको सिलान्यास साहकै हातबाट भएको थियो। मन्त्री साहले उद्घाटन कार्यक्रममा भने, "युवाहरूमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसन रोकथामका लागि सुधार केन्द्र अपरिहार्य भएको हो। यसलाई समयमै नियन्त्रण नगर्ने हो भने देशमै गम्भीर संकट उत्पन्न हुनसक्छ ।"

हाल ३५ बेड क्षमताको यो सुधार केन्द्रलाई क्रमशः १०० बेडसम्म विस्तार गर्ने योजना रहेको र विपन्न, गरिब तथा दलित समुदायका लागि पूर्ण निःशुल्क सेवा उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए। साथै उनले भने, "यी कार्यहरूले समाजमा अन्धकारबाट उज्यालोतर्फ फर्काउने बाटो खोल्छन्। यदि राज्यका अगुवाहरूले यस्तो दयालु कार्य निरन्तर गर्दै गए भने, देशमा नयाँ पुस्ता स्वस्थ, सक्षम र उज्ज्वल भविष्य निर्माण गर्नेछ।"

मन्त्री लेखीले भने,“यो काम मधेश प्रदेशकै गौरव हो। यसलाई अझ प्रभावकारी बनाएर देशकै नमुना सुधार केन्द्रको रूपमा स्थापना गर्ने हाम्रो प्रतिबद्धता छ। आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नेछौं । साथै यो सुधार केन्द्रको लागि एक चार चके गाडी पनि आब्यस्क्ता रहेको छ यो पनि छिटै दिने उनले बताए ।"

गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोले नगरपालिकाबाट हालै मात्र २५ लाख रुपैयाँको बजेट विनियोजन गरी भौतिक संरचना निर्माणमा सहयोग गरिएको जानकारी दिँदै भने,“यो सुधार केन्द्र गौशालाको मात्र नभई समग्र देशकै सम्पत्ति हो। यसलाई निरन्तर सहयोग गर्ने जिम्मेवारी मेरो रहनेछ।"

कार्यक्रममा मन्त्री लेखी र पूर्व मन्त्री साहका साथै गौशालाका पूर्व नगरप्रमुख शिवनाथ महतो, वर्तमान नगरप्रमुख डा. दिपेन्द्र महतो, १२ वटै वडाका अध्यक्ष र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

29 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

29 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..