महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

निरञ्जन कुमार साह
गौशाला, भदौ २ गते ।
महोत्तरीको रामगोपालपुरमा सोमबार युवा कम्युनिष्ट लिग (YCL) नेपालले १५०० बिरुवा रोप्दै हरियाली अभियान सञ्चालन गरेको छ। महान् शहीद रामवृक्ष यादवको ३१औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा “संसारका क्रान्तिकारी युवा एक हौँ”, “मार्क्सवाद–लेनिनवाद–माओवादी जिन्दावाद” नारासहित वृक्षारोपण गरिएको हो। माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनारायण साहले वातावरण संरक्षणलाई YCL नेपालले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “आजको अभियानले रामगोपालपुर मात्र होइन, सम्पूर्ण महोत्तरीलाई हरियाली र सुरक्षित वातावरणतर्फ अघि बढाउनेछ।”
माओवादी पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका यादवले जलवायु परिवर्तन विश्वकै ठूलो चुनौती बनेको भन्दै वृक्षारोपण नै यसको प्रमुख समाधान भएको बताए। उनले भने, “एक जना युवाले एक रुख रोप्ने हो भने भविष्य सुरक्षित हुन्छ, यही बाटोमै हाम्रो आगामी पुस्ता बच्नेछ।” मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले समाजमा एक रुख काटेपछि दुई रुख रोप्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै नागरिक स्तरमै वातावरण संरक्षणको चेतना फैलाउनुपर्ने बताए।
प्रमुख अतिथि तथा माओवादी पार्टीकी उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुसालले युवालाई रोजगारी, शिक्षा र स्वास्थ्य सुनिश्चित गरे मात्र देश विकास हुने भन्दै माओवादी पार्टीमार्फत मात्र यो सम्भव रहेको दाबी गरिन्। उनले भनिन्, “आज हामीले रोपेको यो रुख जस्तै पार्टीमा जनता रोप्नुपर्छ। देशको समृद्धिको आधार नै युवा, शिक्षा र रोजगारी हो।” ३१ वर्षअघि शहीद भएका रामवृक्ष यादव मधेशका अग्रणी क्रान्तिकारी नेता मानिन्छन्। सामाजिक न्याय, वर्गीय समानता र दलित–शोषित समुदायको अधिकारका लागि उनले योगदान दिएका थिए। उहाँकै स्मृतिमा हरेक वर्ष यस क्षेत्रमा वृक्षारोपण, रक्तदान र सामाजिक अभियान सञ्चालन गरिँदै आएको छ।
YCL नेपालले यसअघि पनि विभिन्न वातावरणीय र सामाजिक अभियान सञ्चालन गरेको छ। मधेशका विभिन्न जिल्लामा “हरित गाउँ–हरित शहर” अभियानअन्तर्गत सयौँ बिरुवा रोपिएको छ। साथै, वातावरण संरक्षणसँगै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र युवा क्षमता विकासका तालिमसमेत सञ्चालन गर्दै आएको छ।कार्यक्रममा सहभागी युवाहरुले आगामी वर्षसम्म महोत्तरी जिल्लाभर १० हजार बिरुवा रोप्ने संकल्प गरेका छन्। YCL महोत्तरीका जिल्ला अध्यक्ष राजीव साहका अनुसार, “रुख रोप्ने मात्र होइन, तिनको संरक्षण र हुर्काउने जिम्मेवारी पनि हाम्रो हुनेछ।
वृक्षारोपण कार्यक्रममा YCL नेपालका युवा कार्यकर्तासहित माओवादी पार्टीका केन्द्रीय र प्रदेशस्तरीय नेता, स्थानीय समाजसेवी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति उल्लेख्य थियो।
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
4 दिन पहिले
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..
6 दिन पहिले
बाढीको पानीमा डुबेर बालकको मृत्यु
गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..
6 दिन पहिले
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..
7 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता
महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..
8 दिन पहिले
अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घ..
महोत्तरी, असोज १९ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्..
9 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चा..
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा ..
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र प..
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरी..
कमेन्ट गर्नुहोस्
view comments