एमाले मधेस प्रदेशको विधान संशोधन सुझाव संकलन बैठक सम्पन्न

1 वर्ष पहिले प्रकाशित

(2082-05-05 B.S.)

443 पटक देखिएको

महोत्तरी । नेकपा एमाले मधेस प्रदेश कमिटीले विधान संशोधन सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ ५ गते महोत्तरीको बर्दिवासस्थित दिपक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कमरेड चन्देश्वर मन्डलको अध्यक्षता तथा पार्टीका महासचिव क. शंकर पोखरेल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा पार्टी संगठनलाई अझ सबल, सुदृढ र युगीन आवश्यकताअनुकूल ढाल्ने उद्देश्यले विधान संशोधनबारे विस्तृत छलफल गरिएको थियो। विभिन्न जिल्ला, पालिका र तल्लो तहका प्रतिनिधिहरूले आफ्नो विचार प्रस्तुत गर्दै स्थानीय स्तरमा देखिएका समस्या र सुधारका सम्भावित उपायबारे सुझाव दिएका थिए।

महासचिव शंकर पोखरेलले एमालेलाई मधेसमा अझ व्यापक बनाउने मार्ग यही विधान संशोधन र जनस्तरसम्मको संगठन विस्तारमा निर्भर हुने बताए। उनले मधेस प्रदेशमा एमालेको भूमिका केन्द्रीकृत नभई जनतासँग प्रत्यक्ष जोडिने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए। “एमालेको सशक्त उपस्थितिले मात्र देशको राष्ट्रिय एकता, संविधान र विकासलाई सुनिश्चित गर्न सक्छ,” पोखरेलले भने।

प्रदेश अध्यक्ष चन्देश्वर मन्डलले विधानलाई समयसापेक्ष बनाउन सुझाव संकलन अनिवार्य भएको भन्दै सहभागी सबैलाई आभार व्यक्त गरे। उनले संगठनात्मक स्पष्टता, आन्तरिक लोकतन्त्र, युवा तथा महिला सहभागिता, नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्राप्त सुझावलाई केन्द्रमा पु¥याइने जानकारी दिए।

कार्यक्रममा एमालेका प्रदेश नेताहरु, जिल्ला इन्चार्ज, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले कार्यक्रमलाई एमाले मधेस प्रदेशलाई एकजुट बनाएर आगामी निर्वाचन र जनआन्दोलनमा सशक्त भूमिका खेल्ने आधारको रुपमा लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले