काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

4 महीना पहिले प्रकाशित

(2082-05-13 B.S.)

613 पटक देखिएको

काठमाडौँ, भदौ १३ ।

गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्। उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समितिको अगुवाइमा किसानहरुले माइतीघरमा प्रदर्शन गर्दै सरकारसँग तत्काल वक्यौता रकम प्रति क्विन्टल ७० को दरले भुक्तानी गर्न माग गरेका हुन्।

बिहीबारको प्रदर्शनलाई समर्थन गर्दै मधेश प्रदेशका पूर्व अर्थ मन्त्री भरत प्रसाद साहले किसानलाई दिदै आएको अनुदान रकम कटौती गर्न नसकिने बताए। उनले किसान हाम्रो देशको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारलाई आन्दोलित किसानको आवाज तत्काल सुन्न आग्रह गरे। “एक वर्षको मेहनतको फल किसानले एकपटक मात्र पाउँछन्, त्यो पनि सरकारले कटौती गरेको छ,” मन्त्री साहको भनाइ छ। उनले माओवादी पार्टी किसानको पक्षमा दृढ रहेको बताउँदै सरकारसँग तत्काल समाधान खोज्न जोड दिए।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुका लागि छुट्टै अनुदान रकम विनियोजन नगरिएकाले किसानमा त्रास बढेको छ। उनीहरुले गत वर्षकै अनुदान रकम आधा कटौती हुने आशंका व्यक्त गर्दै आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी किसानहरुले ‘एकतर्फी मूल्य स्वीकार छैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘अनुदान भुक्तानी गर’, ‘मूल्य निर्धारणमा कृषकलाई सहभागी गर’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

किसानहरुले सरकारले अनुदान रकम कटौती गरे उखु खेती नै गर्ने अवस्था नरहने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

28 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले