सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक डा. बिरबंस बैठा

2 महीना पहिले प्रकाशित

(2082-05-16 B.S.)

612 पटक देखिएको

महोत्तरी, भदौं १६ गते 

महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एसियाकै उत्कृष्ठ प्रध्यानाध्यापकको मान पाएका डा. बिरबंस बैठा पुगेका छन्।
मकवानपुर, हेटौडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रहेका बैठालाई मलेशियास्थित एशिया अवार्ड नामक संस्थाले सन् २०२० मा एसियाकै उत्कृष्ठ प्रधानाध्यापकको रूपमा चयन गरेको थियो।

सोनामामा पुगेका डा. बैठाले विद्यालय सुधारका उपायबारे सम्पूर्ण शिक्षकहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका थिए। छलफलमा उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षकहरूको भूमिका नै निर्णायक हुने भन्दै आत्मसम्मान, इमान्दारी र पढाउँ आग्रह समेत गरे ।
उनले भने, “सामुदायिक विद्यालयमा आयोगबाट छनोट भएर आएका शिक्षकहरूसँग पर्याप्त ज्ञान हुन्छ। तर राजनीतिक प्रभावमा नपरी इमान्दारीपूर्वक पढाउने हो भने कुनै पनि विद्यालय उत्कृष्ट बन्न सक्छ।”

डा. बैठाले शिक्षकले आफ्नै छोराछोरीलाई पनि आफू कार्यरत विद्यालयमै भर्ना गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यस कदमले समाजमा विद्यालयप्रति विश्वास बढाउनेछ र सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ। साथै उनले विद्यालय सुधारका लागि शिक्षक मात्र होइन, अभिभावक र स्थानीय समुदायबीच घनिष्ठ सहकार्य हुनुपर्ने बताए । विद्यालय सफल बनाउन सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ।

डा. बैठाले विद्यालयलाई राम्रो बनाउन विभिन्न व्यावहारिक सुझाव पनि बताए प्रत्येक महिनामा नियमित शिक्षक बैठक आयोजना गर्नुपर्ने र अभिभावक–शिक्षक भेला मार्फत समस्याहरूको समाधान खोज्ने,कक्षामा समयपालनासहित उपस्थिती अनिवार्य हुने ,विद्यार्थीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने। उनका अनुसार, यी आधारभूत तर महत्वपूर्ण अभ्यासहरूलाई कार्यान्वयन गर्न सक्ने हो भने सामुदायिक विद्यालय आकर्षक मात्र नभई परिणाममुखी बन्नेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सैलेन्द्र यादवले डा. बैठाको सल्लाहलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा विद्यालयलाई नमुना बनाउन समुदायसँग सहकार्य गर्ने बताए। एशियाकै उत्कृष्ठ प्रधानाध्यापकको हैसियतले डा. बिरबंस बैठाले दिएको सुझाव सोनामाका लागि मात्र नभई सम्पूर्ण सामुदायिक विद्यालयका लागि मार्गदर्शक बन्न सक्ने श्री सरस्वती जनता माध्यमिक विद्यालय सोंमाका प्रध्यानाध्यापक राजकुमार साहले स्वीकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

8 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

8 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

11 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

12 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

8 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

8 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

11 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

12 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

14 दिन पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

16 दिन पहिले