सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक डा. बिरबंस बैठा
12 महीना पहिले प्रकाशित
(2082-05-16 B.S.)
1106 पटक देखिएको
महोत्तरी, भदौं १६ गते
महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एसियाकै उत्कृष्ठ प्रध्यानाध्यापकको मान पाएका डा. बिरबंस बैठा पुगेका छन्।
मकवानपुर, हेटौडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रहेका बैठालाई मलेशियास्थित एशिया अवार्ड नामक संस्थाले सन् २०२० मा एसियाकै उत्कृष्ठ प्रधानाध्यापकको रूपमा चयन गरेको थियो।
सोनामामा पुगेका डा. बैठाले विद्यालय सुधारका उपायबारे सम्पूर्ण शिक्षकहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका थिए। छलफलमा उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षकहरूको भूमिका नै निर्णायक हुने भन्दै आत्मसम्मान, इमान्दारी र पढाउँ आग्रह समेत गरे ।
उनले भने, “सामुदायिक विद्यालयमा आयोगबाट छनोट भएर आएका शिक्षकहरूसँग पर्याप्त ज्ञान हुन्छ। तर राजनीतिक प्रभावमा नपरी इमान्दारीपूर्वक पढाउने हो भने कुनै पनि विद्यालय उत्कृष्ट बन्न सक्छ।”
डा. बैठाले शिक्षकले आफ्नै छोराछोरीलाई पनि आफू कार्यरत विद्यालयमै भर्ना गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यस कदमले समाजमा विद्यालयप्रति विश्वास बढाउनेछ र सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ। साथै उनले विद्यालय सुधारका लागि शिक्षक मात्र होइन, अभिभावक र स्थानीय समुदायबीच घनिष्ठ सहकार्य हुनुपर्ने बताए । विद्यालय सफल बनाउन सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ।
डा. बैठाले विद्यालयलाई राम्रो बनाउन विभिन्न व्यावहारिक सुझाव पनि बताए प्रत्येक महिनामा नियमित शिक्षक बैठक आयोजना गर्नुपर्ने र अभिभावक–शिक्षक भेला मार्फत समस्याहरूको समाधान खोज्ने,कक्षामा समयपालनासहित उपस्थिती अनिवार्य हुने ,विद्यार्थीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने। उनका अनुसार, यी आधारभूत तर महत्वपूर्ण अभ्यासहरूलाई कार्यान्वयन गर्न सक्ने हो भने सामुदायिक विद्यालय आकर्षक मात्र नभई परिणाममुखी बन्नेछ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सैलेन्द्र यादवले डा. बैठाको सल्लाहलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा विद्यालयलाई नमुना बनाउन समुदायसँग सहकार्य गर्ने बताए। एशियाकै उत्कृष्ठ प्रधानाध्यापकको हैसियतले डा. बिरबंस बैठाले दिएको सुझाव सोनामाका लागि मात्र नभई सम्पूर्ण सामुदायिक विद्यालयका लागि मार्गदर्शक बन्न सक्ने श्री सरस्वती जनता माध्यमिक विद्यालय सोंमाका प्रध्यानाध्यापक राजकुमार साहले स्वीकारे ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
1 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
5 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
29 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
1 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
5 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
29 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments