भारी वर्षाले नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च

10 दिन पहिले प्रकाशित

(2082-06-18 B.S.)

140 पटक देखिएको

Radio Juntara

महोत्तरी, असोज १८ गते ।

अविरल वर्षाका कारण मधेश प्रदेशको धनुषाको कमला नदी, जलाद नदी,महोत्तरीको मरहा नदि, रौतहटको बागमती र लालबकैया नदीहरूमा पानीको सतह तीव्र गतिमा बढेसँगै जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अति भारी वर्षाको चेतावनीपछि जिल्लामा उद्धार र सतर्कताको तयारी तीव्र पारिएको छ।
यता विपद् व्यवस्थापन समितिको निर्देशनमा बाढीको उच्च जोखिम रहेका बस्तीहरूमा अग्रिम कारबाही सुरु गरेको जनाएको छ। त्यस्तै अविरल वर्षाका कारण धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै निजी विद्यालयहरू असोज १९ र २० गते बन्द हुने भएको छ ।

लगातारको वर्षाबाट उत्पन्न जोखिम र विद्यार्थी–अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो । निजी विद्यालय सञ्चालकहरूको संगठन एनप्याब्सन जनकपुरधाम र प्याब्सन जनकपुरधामले संयुक्त रूपमा शनिबार सूचना जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द रहने जानकारी दिएका हुन् ।
जनकपुरधाम र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ । सडकका विभिन्न भागमा पानी जमेको, विद्यालयपरिसरमा हिलो र फोहोरको मात्रा बढेको र साथै यातायातमा अवरोध भएका कारण विद्यार्थीहरूको विद्यालय आवतजावत जोखिमपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

4 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

6 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

6 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

7 दिन पहिले

जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..

जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता

महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..

8 दिन पहिले

अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घ..

महोत्तरी, असोज १९ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्..

9 दिन पहिले