अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घर डुबानमा

1 वर्ष पहिले प्रकाशित

(2082-06-19 B.S.)

533 पटक देखिएको

महोत्तरी, असोज १९ गते ।

मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
धेरैभन्दा धेरै पानी परेको र सोही क्रममा बिजलौका लागेर रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नंं २ स्थित हथियाहीका १७ वर्षीय हेमराज बरही र सोही वडाका १६ वर्षीय नवीन यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै चट्यांगको आवाजले हृदय रोगबाट पीडित भएका रौतहटको ईशनाथ नगरपालिकामा एक अधबैँशे पुरुषको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषाको महेन्द्रनगर–शान्तिपुर सडकखण्डस्थित औरही खोलामा आएको बाढीले बाटो नै कटान गरी बगाएको छ भने पुल पनि भासिएको छ । उक्त पुल भासिँदा आवागमन पूर्णरूपेण बन्द भएको छ । कमला नदीमा आएको बाढीले नदी कटान तीव्ररुपमा हुँदा नदी छेउछाउमा बसोबास गर्नेहरुलाई तत्काल सो क्षेत्र खाली गर्न स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।
त्यसैगरि महोत्तरीको सदरमुकाम जलेश्वर, लोहरपट्टीलगायत अधिकांश क्षेत्र डुबानमा परेको छ । रातु खोलामा आएको बाढीका कारण अधिकांश गाउँसंग जोडिएका सडकखण्डहरुसमेत बाढीले कटान गर्दा सम्पर्कविच्छेद भएको छ ।
लगातार धेरैभन्दा धेरै पानी परेका कारण विभिन्न नदीहरुमा आएको बाढीका कारण ४ सय ५० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी नायव महानिरीक्षक उमा चतुर्वेदीले जानकारी दिए ।
बाढी तथा वर्षाले भएको डुबान तथा अन्य भौतिक क्षतिको विषयमा प्रहरीले तथ्यांक संकलन गरिरहेको उनले बताए ।
मधेश प्रदेशको रौतहट, पर्सा र बारामा अन्य जिल्लाको तुलनामा धेरैभन्दा धेरै पानी परेकाले यसै जिल्लाहरूमा बढी क्षति भएको अनुमान गरिएको छ । यसैगरि वर्षा र बाढीका कारणले हजारौँ बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ । बाढी र डुबानका कारण पाक्न लागेको धान ठूलो क्षति भएको किसानहरु बताउँछन् ।
त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह लगातार परिरहेको पानी र बाढीले सिर्जना गरेको विषम परिस्थितिमा नागरिकको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा लामो स्टेटस लेख्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्थानीय तहहरूलाई विपद्को सामना गर्न थप सक्रियता देखाउन आग्रह गरेका छन् ।
प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक आफ्नो कार्यक्षेत्रमा सेवा प्रवाह गर्न अनुरोध गरे ।
उनले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेको बताउँदै प्रदेश सरकारले नागरिक बीमा र घरधुरी बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताए ।
मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि असोज २० गतेसम्म धेरैभन्दा धेरै पानी पर्ने, चट्यांग लाग्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले