अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घर डुबानमा
9 दिन पहिले प्रकाशित
(2082-06-19 B.S.)
112 पटक देखिएको

महोत्तरी, असोज १९ गते ।
मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
धेरैभन्दा धेरै पानी परेको र सोही क्रममा बिजलौका लागेर रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नंं २ स्थित हथियाहीका १७ वर्षीय हेमराज बरही र सोही वडाका १६ वर्षीय नवीन यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै चट्यांगको आवाजले हृदय रोगबाट पीडित भएका रौतहटको ईशनाथ नगरपालिकामा एक अधबैँशे पुरुषको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषाको महेन्द्रनगर–शान्तिपुर सडकखण्डस्थित औरही खोलामा आएको बाढीले बाटो नै कटान गरी बगाएको छ भने पुल पनि भासिएको छ । उक्त पुल भासिँदा आवागमन पूर्णरूपेण बन्द भएको छ । कमला नदीमा आएको बाढीले नदी कटान तीव्ररुपमा हुँदा नदी छेउछाउमा बसोबास गर्नेहरुलाई तत्काल सो क्षेत्र खाली गर्न स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।
त्यसैगरि महोत्तरीको सदरमुकाम जलेश्वर, लोहरपट्टीलगायत अधिकांश क्षेत्र डुबानमा परेको छ । रातु खोलामा आएको बाढीका कारण अधिकांश गाउँसंग जोडिएका सडकखण्डहरुसमेत बाढीले कटान गर्दा सम्पर्कविच्छेद भएको छ ।
लगातार धेरैभन्दा धेरै पानी परेका कारण विभिन्न नदीहरुमा आएको बाढीका कारण ४ सय ५० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी नायव महानिरीक्षक उमा चतुर्वेदीले जानकारी दिए ।
बाढी तथा वर्षाले भएको डुबान तथा अन्य भौतिक क्षतिको विषयमा प्रहरीले तथ्यांक संकलन गरिरहेको उनले बताए ।
मधेश प्रदेशको रौतहट, पर्सा र बारामा अन्य जिल्लाको तुलनामा धेरैभन्दा धेरै पानी परेकाले यसै जिल्लाहरूमा बढी क्षति भएको अनुमान गरिएको छ । यसैगरि वर्षा र बाढीका कारणले हजारौँ बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ । बाढी र डुबानका कारण पाक्न लागेको धान ठूलो क्षति भएको किसानहरु बताउँछन् ।
त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह लगातार परिरहेको पानी र बाढीले सिर्जना गरेको विषम परिस्थितिमा नागरिकको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा लामो स्टेटस लेख्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्थानीय तहहरूलाई विपद्को सामना गर्न थप सक्रियता देखाउन आग्रह गरेका छन् ।
प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक आफ्नो कार्यक्षेत्रमा सेवा प्रवाह गर्न अनुरोध गरे ।
उनले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेको बताउँदै प्रदेश सरकारले नागरिक बीमा र घरधुरी बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताए ।
मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि असोज २० गतेसम्म धेरैभन्दा धेरै पानी पर्ने, चट्यांग लाग्ने अनुमान गरेको छ ।
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
4 दिन पहिले
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..
6 दिन पहिले
बाढीको पानीमा डुबेर बालकको मृत्यु
गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..
6 दिन पहिले
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..
7 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता
महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..
8 दिन पहिले
भारी वर्षाले नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखि..
महोत्तरी, असोज १८ गते । अविरल वर्षाका कारण मधेश प्रदेशको धनुषाको कमला नदी, जलाद नदी,महोत्तरीको मरहा नदि, रौतहटको..
10 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चा..
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा ..
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र प..
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरी..
कमेन्ट गर्नुहोस्
view comments