अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता

1 महीना पहिले प्रकाशित

(2082-06-20 B.S.)

198 पटक देखिएको

Radio Juntara

महोत्तरी, असोज २० गते ।

असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार इलाम, रौतहट, उदयपुर, प्यूठान, खोटाङ, कञ्चनपुर र मोरङ लगायतका जिल्लामा पहिरो, चट्याङ र बाढीका घटनाले जनधनको ठूलो क्षति पुर्‍याएको हो।

प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इलाममा ३१ जना रहेका छन्। रौतहटमा ३ जना, उदयपुरमा २ जना, प्यूठानमा ७ जना, खोटाङमा १ जना, कञ्चनपुरमा १ जना र मोरङमा १ जनाको मृत्यु भएको उल्लेख छ।

त्यस्तै, ६ जना बेपत्ता भएका छन्, जसमा रुख्सुवा र इलामका नागरिक पनि परेका छन्। पहिरो र खोलाले बगाउँदा उनीहरू हराएको प्राधिकरणले जनाएको छ।

विपद्मा २४ जना घाइते भएका छन्। इलाममा १० जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, ललितपुरमा १ जना, मकवानपुरमा ३ जना, प्यूठानमा ४ जना, उदयपुरमा २ जना, ताप्लेजुङमा १ जना र धनकुटामा ३ जना घाइते भएका हुन्।

यस्तै, १८ जनाको हेली उद्धार गरिएको छ, जसमा इलामको माङ्सेबुङ गाउँपालिकाबाट पहिरोमा फसेका गर्भवती महिलासहितका नागरिकलाई समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अविरल वर्षा अझै केही स्थानमा जारी रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..