जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

1 वर्ष पहिले प्रकाशित

(2082-06-21 B.S.)

412 पटक देखिएको

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारमा रहेका कैदीबन्दीहरू अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य भएका छन् । कारागारका निमित्त प्रमुख रबिन ठाकुरका अनुसार कारागारभित्र करिब चार फिटसम्म पानी पसेको छ ।

कुल २ सय ७५ जना कैदीबन्दी रहेको कारागारमा बस्ने ठाँउ, खाद्यान्न, खानेपानी र शौचालयको समस्या उत्पन्न भएको छ । उहाँले पुरानो दुई तल्ले भवनमा सबैलाई सारिएको भए पनि खानाको अभावमा कैदीबन्दीहरू भोकै बस्न बाध्य भएको बताउनुभयो ।

जलेश्वर नगरपालिकाले असोज १९ गते ५० कार्टुन पानी, ५० केजी भुजा र ५० कार्टुन चाउचाउ राहतस्वरूप उपलब्ध गराएको कारागार प्रशासनले जनाएको छ । तर, कारागारमा वृद्ध तथा दीर्घरोगी कैदीबन्दीहरू पनि रहेकाले थप राहत र सहयोगको आवश्यकतामा रहेको कारागार प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

०८२ भदौ २४ गते जलेश्वर कारागारमा जेनजी आन्दोलनका क्रममा ५ सय ७५ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये आफैं फर्किएका र प्रहरीले नियन्त्रणमा लिएका समेत गरी हाल २ सय ७५ जना कैदीबन्दी कारागारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले