कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न विज्ञहरूको सुझाव

2 महीना पहिले प्रकाशित

(2082-07-01 B.S.)

497 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला, कार्तिक १ गते ।

कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभन्दा उपयुक्त समय भएको बताएका छन्। अहिले किसानहरूले नगदे वालीका रूपमा चिनिने उखुको रोपाइँ सुरु गर्न थालेका छन्।गौशाला नगरपालिकाका कृषि शाखा प्रमुख कमलेश कुमार यादवका अनुसार उखु हिउँदे बाली भएकाले कार्तिक महिनामा रोपाइँ गर्नु सबैभन्दा लाभदायक हुन्छ।
“यो समयमा तापक्रम २० देखि २५ डिग्री सेल्सियससम्म रहँदा उखु अंकुरिनका लागि अनुकूल हुन्छ,” यादवले बताए।

उनका अनुसार अहिले जमिनमा पर्याप्त ओसिलोपन भएकाले उखुको जन्मेसन छिटो हुने र किरा रोगको प्रभाव पनि कम हुने सम्भावना रहन्छ। उखु रोपाइँपछि करिब १२ महिनामा बाली परिपक्व हुने भएकाले यस महिनामा रोपिएको उखु आगामी मंसिरतिरै क्रसिङ (पेल्ने) को लागि तयार हुने विज्ञहरूको भनाइ छ।

नेपालमा उखु खेती तराईका जिल्लाहरूमा व्यापक रूपमा हुने गर्दछ। उखुबाट चिनी, मिस्री, सखर र अन्य गुलियो पदार्थ उत्पादन गरिन्छ।यादवका अनुसार कार्तिक महिनामा रोपिएको उखुमा सुगरको मात्रा पनि उच्च हुने र बाली बलियो हुने भएकाले किसानले यस समयमा रोपाइँ गरे उत्पादन राम्रो हुने सम्भावना बढी रहन्छ।
कृषि विज्ञहरूले किसानहरूलाई माटोको तयारी, ओसिलोपन र उचित सिंचाइमा ध्यान दिन आग्रह गरेका छन्, ताकि आगामी वर्ष राम्रो उत्पादन लिन सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

14 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

28 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

14 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

28 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

2 महीना पहिले