दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
28 दिन पहिले प्रकाशित
(2082-07-03 B.S.)
209 पटक देखिएको
ममता शर्मा
महोत्तरी, कार्तिक ३ गते ।
दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरवासीहरूलाई यो पर्व सावधानीपूर्वक, सुरक्षित र जिम्मेवारीपूर्वक मनाउन अनुरोध गर्नुभएको छ। उहाँले पछिल्ला वर्षहरूमा तिहारको समयमा लापरवाहीका कारण आगलागी र चोटपटकजस्ता घटनाहरू घटेकाले चाडपर्वको समयमा हरेक नागरिक सचेत बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
नगर प्रमुख डा. महतोले भन्नुभयो, “दीपावली उज्यालो र खुशीको पर्व हो, तर सानो गल्तीले त्यो उज्यालो जीवनभरिको अन्धकार बन्न सक्छ। त्यसैले पर्व मनाउने उमंगसँगै हामी सबै जिम्मेवार पनि हुनुपर्छ।” नगर प्रमुखले घर, टोल, बजार तथा सामुदायिक स्थानहरूमा पटाका र फुलझडी जस्ता सामग्रीहरू प्रयोग गर्दा खुला र सुरक्षित स्थानको छनोट गर्न आग्रह गर्नु भएको छ। साना बालबालिकालाई पटाका बाल्न दिँदा उनीहरूको साथमा अभिभावकको उपस्थिति अनिवार्य हुनुपर्ने र उनीहरूलाई सचेत गराउन अभिभावक स्वयं जिम्मेवार हुनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।
घरभित्र वा घर वरपर मैनबत्ती र दियो बाल्दा ज्वलनशील वस्तुबाट टाढा राख्नुपर्ने, बिजुलीका झिलिमिली बत्तीहरू जडान गर्नु अघि सबै तारहरू राम्ररी परीक्षण गर्नुपर्ने र विशेषगरी पुराना, छिनिएका वा खुला तारहरू प्रयोग नगर्नुपर्ने नगर प्रमुख महतोको सुझाव छ। त्यस्तै, आकस्मिक आगलागीको सम्भावनालाई मध्यनजर गर्दै हरेक घरमा पानी, बाल्टिनजस्ता आगो निभाउने सामग्री तयार राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । उहाँका अनुसार कुनै पनि आकस्मिक घटनाको अवस्थामा तत्काल समन्वय गर्नका लागि नगरको वारुण यन्त्र तथा हेल्पलाइन नम्बरसमेत सक्रिय अवस्थामा राखिएको छ।
नगर प्रमुख डा. महतोले सबै नगरवासीहरूलाई आपसी सद्भाव, सामाजिक एकता र सुरक्षा सुनिश्चित गर्दै दीपावली मनाउन आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, “हामी सबैले ध्यान दिनुपर्ने कुरा के हो भने पर्व रमाइलो बनोस्, तर कुनै घरमा आँसु नझरोस्। सतर्कता नै सुरक्षा हो। रमाइलो गर्नुहोस्, तर लापरवाही नगर्नुहोस्। दीपावली उज्यालो बनोस्, अन्धकारको कारण नबनोस्।”
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments