दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
12 महीना पहिले प्रकाशित
(2082-07-03 B.S.)
611 पटक देखिएको
ममता शर्मा
महोत्तरी, कार्तिक ३ गते ।
दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरवासीहरूलाई यो पर्व सावधानीपूर्वक, सुरक्षित र जिम्मेवारीपूर्वक मनाउन अनुरोध गर्नुभएको छ। उहाँले पछिल्ला वर्षहरूमा तिहारको समयमा लापरवाहीका कारण आगलागी र चोटपटकजस्ता घटनाहरू घटेकाले चाडपर्वको समयमा हरेक नागरिक सचेत बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
नगर प्रमुख डा. महतोले भन्नुभयो, “दीपावली उज्यालो र खुशीको पर्व हो, तर सानो गल्तीले त्यो उज्यालो जीवनभरिको अन्धकार बन्न सक्छ। त्यसैले पर्व मनाउने उमंगसँगै हामी सबै जिम्मेवार पनि हुनुपर्छ।” नगर प्रमुखले घर, टोल, बजार तथा सामुदायिक स्थानहरूमा पटाका र फुलझडी जस्ता सामग्रीहरू प्रयोग गर्दा खुला र सुरक्षित स्थानको छनोट गर्न आग्रह गर्नु भएको छ। साना बालबालिकालाई पटाका बाल्न दिँदा उनीहरूको साथमा अभिभावकको उपस्थिति अनिवार्य हुनुपर्ने र उनीहरूलाई सचेत गराउन अभिभावक स्वयं जिम्मेवार हुनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।
घरभित्र वा घर वरपर मैनबत्ती र दियो बाल्दा ज्वलनशील वस्तुबाट टाढा राख्नुपर्ने, बिजुलीका झिलिमिली बत्तीहरू जडान गर्नु अघि सबै तारहरू राम्ररी परीक्षण गर्नुपर्ने र विशेषगरी पुराना, छिनिएका वा खुला तारहरू प्रयोग नगर्नुपर्ने नगर प्रमुख महतोको सुझाव छ। त्यस्तै, आकस्मिक आगलागीको सम्भावनालाई मध्यनजर गर्दै हरेक घरमा पानी, बाल्टिनजस्ता आगो निभाउने सामग्री तयार राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । उहाँका अनुसार कुनै पनि आकस्मिक घटनाको अवस्थामा तत्काल समन्वय गर्नका लागि नगरको वारुण यन्त्र तथा हेल्पलाइन नम्बरसमेत सक्रिय अवस्थामा राखिएको छ।
नगर प्रमुख डा. महतोले सबै नगरवासीहरूलाई आपसी सद्भाव, सामाजिक एकता र सुरक्षा सुनिश्चित गर्दै दीपावली मनाउन आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, “हामी सबैले ध्यान दिनुपर्ने कुरा के हो भने पर्व रमाइलो बनोस्, तर कुनै घरमा आँसु नझरोस्। सतर्कता नै सुरक्षा हो। रमाइलो गर्नुहोस्, तर लापरवाही नगर्नुहोस्। दीपावली उज्यालो बनोस्, अन्धकारको कारण नबनोस्।”
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments