साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्षिक साधारणसभा सम्पन्न

5 घन्टा पहिले प्रकाशित

(2082-08-26 B.S.)

21 पटक देखिएको

जितेन्द्र कुसवाहा

गाैशाला, मंसिर २६ गते ।

महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ११ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक सधारणसभा सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरभित्र रहेका सहकारीहरू अझ उत्पादनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेडले समुदायमा देखाएको सक्रियता, अनुशासन र पारदर्शिताले उदाहरणीय भूमिका निभाइरहेको छ, जसले अन्य सहकारीलाई पनि सिक्ने अवसर प्रदान गर्छ ।
डा. महतोले सहकारीले सञ्चालन गरेका कार्यक्रम, सदस्यहरूसँगको समन्वय र कृषिमुखी पहलप्रति प्रशंसा व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो । उहाँले साना किसान सहकारीले कृषिको स्तरोन्नति र सदस्यको आयवृद्धिमा देखाएको योगदान प्रशंसनीय रहेको बताउनु भयो ।

मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालनमा ल्याए सकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष: सिंहले जनाउनुभयाे ।

सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार ५ सय ७७ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी १ करोड ८० लाख ९९ हजार ६ सय, बचत ५ करोड ९४ लाख ६६ हजार २ सय १९ रुपैया ७४ पैसा र ऋण लगानी ८ करोड ७४ लाख २३ हजार ९ सय २९ रुपैयाँ २४ गरि, यस आ.व.२०८१ असार मसान्तसम्म ९ लाख ५५ हजार ८ सय ७ रुपैयाँ नाफा भएको र संस्थामा १३ करोड ८० लाख ७ हजार ६ सय ७७ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानीमा सहकारी मार्फत संचालनमा रहेको डेरी उधाेगलाई थप व्यवस्थित गर्ने योजना रहेको प्रबन्धक महताेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 घन्टा पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

19 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

27 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

2 महीना पहिले