सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मुख्यमन्त्री बानियाँ
8 महीना पहिले प्रकाशित
(2082-09-06 B.S.)
358 पटक देखिएको
निरन्जन कुमार साह, महोत्तरी ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि जनसमुदायका लागि विश्वसनीय सञ्चार माध्यमका रूपमा स्थापित रहेको बताउनुभएको छ।
शनिबार सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औँ साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालको तुलनामा सामुदायिक रेडियोका समाचार सामग्री सत्य, तथ्यपूर्ण र विश्वासिलो हुने उल्लेख गर्नुभयो।
उहाँले लोकतन्त्र र गणतन्त्र स्थापनामा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै २००७ सालमै प्रजातान्त्रिक रेडियो स्थापना भएको जानकारी दिनुभयो। हाल देशभर ३२० वटा सामुदायिक रेडियो सञ्चालनमा रहेको बताउँदै सामुदायिक रेडियो र सामुदायिक वन संरक्षणप्रति सरकार जिम्मेवार रहेको स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री बानियाँले प्रविधिको विकाससँगै रेडियोलाई जोगाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गाउँ–बस्तीलाई सचेत बनाउने काम सामुदायिक रेडियोले गर्दै आएको बताउनुभयो। उहाँले केही युट्युब माध्यमबाट भ्रम फैलिने गरेको उल्लेख गर्दै सामुदायिक रेडियोले भने सत्य र तथ्यमा आधारित समाचार प्रसारण गर्दै आएको दाबी गर्नुभयो।

रेडियो सञ्चालकहरूलाई राजनीतिक दलभन्दा माथि उठेर जनताको हितमा काम गर्न आग्रह गर्दै उहाँले रेडियोमाथि अझै पनि जनविश्वास कायम रहेको बताउनुभयो। त्यसैले सत्य, तथ्य र खोजमूलक समाचार प्रसारण गर्न मुख्यमन्त्रीले अनुरोध गर्नुभयो।
“म कुनै पार्टीको मात्र मुख्यमन्त्री होइन, म जनताको र जनताको दुःखको मुख्यमन्त्री हुँ। त्यसैगरि सामुदायिक रेडियो पनि जनताको रेडियो हो । वर्षौदेखि यसले जनतालाई सुसुचित गर्ने कार्य गर्दै आइरहेको छ भने यसलाई निरन्तरता दिन आवश्यक छ । रेडियो गरिव, विपन्न लगायत सबै वर्गका लागि सजिलै उपलब्ध हुने माध्यम हो ।यसको जगेर्ना हाम्रो प्रमुख दायित्व हो । ” उहाँले भन्नुभयो। साथै, सुशासन, पारदर्शिता र निष्पक्षताको खोजमा रेडियोले निरन्तर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
22 घन्टा पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
4 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments