तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो केरा बरामद
रौतहट, चैत ३
बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँचो केरा भारतीय सुरक्षा टोलीले बरामद गरेको छ।भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१औँ बटालियनको इन्टेलिजेन्स इकाइबाट प्राप्त सूचनाका आधारमा सोमबार राति करिब साढे ९ बजे आईएनबी सीमा स्तम्भ नम्बर ३५६/३ नजिक पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो।
सूचनापछि एफ कम्पनी, जमुनियाको टोलीले झरोखर प्रहरी चौकीसँग समन्वय गर्दै सीमाक्षेत्रमा निगरानी कडा पारेको थियो। सोही क्रममा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ सामान ओसारिरहेको अवस्थामा देखिएका थिए।
सुरक्षा टोलीले रोक्न संकेत गरेपछि ती व्यक्तिहरूले बोकेका कार्टुनहरू बाटोमै छाडेर फरार भएका थिए। त्यसपछि गरिएको प्रारम्भिक खोजतलासका क्रममा ४३ वटा कार्टुन बरामद गरिएको थियो।
थप अनुसन्धानका क्रममा पिठवा गाउँस्थित आँपको बगैंचाबाट ७०७ कार्टुन र बन्सवाडी क्षेत्रबाट त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा १,११० कार्टुन फेला परेका थिए। यससँगै कुल १,८६० कार्टुन काँचो केरा बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ।
एसएसबी ७१औँ बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार प्रत्येक कार्टुनमा करिब १३.५ किलोग्राम काँचो केरा रहेको छ।
बरामद गरिएको सामानको स्वामित्वबारे स्थानीय स्तरमा खोजी गरिए पनि कसैले दाबी नगरेको बताइएको छ। छिट्टै नासिने प्रकृतिको खाद्यवस्तु भएकाले यस विषयमा उच्च अधिकारीलाई जानकारी गराइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन झरोखर प्रहरी चौकीलाई जिम्मा दिइएको जनाइएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments