संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भूमिका महत्वपूर्णः सभापति शेरचन

2 महीना पहिले प्रकाशित

(2083-02-25 B.S.)

158 पटक देखिएको

Radio Juntara

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि योजनाबद्ध रुपमा अघि बढ्न खोजेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा सरोकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचनले कानुन बनाउने प्रकृयामा हुने विज्ञ तथा सरोकारवालाको सहभागीलाई सदैव स्वागत गरिनुपर्ने धारणा राख्नुभयो।
सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रुपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजननाबद्ध रुपमा लागिपरेको उहाँको भनाइ छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा समितिमा छलफल सुरु भएको जानकारी गराउँदै सभापति शेरचनले अब विज्ञसहित सांसदबीचमा छलफल चलाउने तयारी भएकाले पनि अकोराब/सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
"फरेन्सिक विधेयको बारेमा समितिमा छलफल सुरु भएको छ । पहिलो बैठकमा सासदहरूबाट कुरा आएको छ । अब विज्ञसहितको बैठकमा पनि छलफल गर्ने तयारी छ । उक्त छलफलको बेलामा सरोकारवालाहरूको धारणा सहितको प्रतिवेदनले सहयोगी भूमिका खेल्ने विश्वास लागेको छ।" सभापति शेरचनले भन्नुभयो ।
आगामी दिनमा पनि सीआईएनले कानुन निर्माणमा जनता र सरोकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुसी लाग्ने सभापति शेरचनले बताउनुभयो ।
अकोराब नेपालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा सरोकारवालाबीच विशेष संवाद शृङ्खला "हेलो सांसद" मा छलफल गरेको थियो । उक्त छलफलमा विज्ञ, सरोकारवालाले दिएका सुझाव, टिप्पणी तथा प्रतिक्रियालाई लिपिबद्ध गरी संशोधनका बुँदाहरूका तिन महले सूची समेत तयार पारी आज समिति सभापति शेरचनलाई बुझाइएको हो ।
प्रतिवेदन सभापति शेरचनलाई हस्तान्तरण गर्दै अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले संसदीय मामला, संसदको भूमिका तथा प्राथमिकता लगायतका विषयहरूमा नागरिकलाई सूसुचित गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले हेलो सांसद कार्यक्रम करिब १० वर्षदेखि सञ्चालन गर्दै आएको बताउँदै जनतालाई संसद र सांसदसँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
निर्देशक शिरोमणि ढुङ्गानाले भन्नुभयो, “यस कार्यक्रममा संसदीय मामिलाका विषयहरूमा समुदाय एवं सरोकारवालाहरू र सांसदबीच खुल्ला र नतिजामुखी छलफल गर्ने र सो छलफलका विषयहरूलाई सार्वजनिक बहसमा समेत लैजाने काम भइरहेको छ ।"
अकोराबद्वारा सञ्चालित सीआईएनले साप्ताहिक रूपमा चलाउँदै आएको "हेलो सांसद" कार्यक्रमले सङ्घीय र प्रादेशिक दुवै तहमा संसद र नागरिकबीच सेतुको काम गर्दै आएको छ।
जनसहभागीतासहित हुने यस्तो छलफलले नागरिक तहमा संसदीय मामिलामा अपनत्व बढ्ने र सांसदहरुमा जवाफदेहीताको संस्कृति विकास गर्ने धारणा निर्देशक ढुङ्गानाले राख्नुभयो ।
"कानुन निर्माणको प्रकृयामा सरोकारवालाहरूबीच हुने खुल्ला र रचनात्मक छलफलले सम्बन्धित विषयमा समयसापेक्ष प्रावधान तथा नागरिक एवं सम्बद्ध सरोकारवालाहरूका प्रश्न, सुझाव तथा विज्ञतालाई समेट्ने मौका प्रदान गर्दछ ।" उहाँले भन्नुभयो ।
अघिल्लो आर्थिक वर्षमा १ सयभन्दा धेरै सङ्घीय तथा प्रादेशिक सांसदहरू तथा नागरिहरूबीच छलफल गर्दै अकोराब/सीआईएनले संसदीय मामिलाका विषयमा अन्तरक्रिया तथा जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको थियो।
गत फागुनमा प्रतिनिधी शभा निर्वाचन भएसँगै सङ्घले संसद तथा संसदीय समितिमा छलफलमा रहेका विधेयकहरूमा अन्तरक्रिया गर्ने र नागरिक तथा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूसहितको प्रतिवेदन सम्बन्धित संसदीय समितिलाई हस्तान्तरण गर्दै आएको छ।
यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा उत्पादन तथा प्रसारण भइरहेको "हेलो सांसद" कार्यक्रमले संसदीय बिषयहरुमा खुल्ला र सहभागीतामुलक छलफल गर्दै कानुन निर्माण प्रकृयामा नागरिक सहभागीता अभिबृद्धी गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

6 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

12 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

20 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

21 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

12 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

20 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

4 महीना पहिले