रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करोड रुपैयाँको बजेट प्रस्तुत
28 दिन पहिले प्रकाशित
(2083-03-08 B.S.)
125 पटक देखिएको
महोत्तरी, असार ८ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि करिब ५० करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामदुलार साहको अध्यक्षतामा सम्पन्न नगरसभाका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव रहेका थिए। कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
नगरसभाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार, सहकारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि सारेको छ।
कृषि क्षेत्रतर्फ कृषि सडक, कृषि विद्युतीकरण तथा सिँचाइ प्रणालीको विस्तारलाई निरन्तरता दिइने, जैविक खेतीलाई प्रोत्साहन गरिने, कोल्ड स्टोर सञ्चालनमा ल्याइने तथा माटो परीक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै “एक घर, एक करेसाबारी” कार्यक्रममार्फत महिलालाई लक्षित गरी तरकारी उत्पादन, कृषि औजार तथा बीउबिजन वितरण गरिनेछ। किसानलाई कृषि तथा पशु बिमामा प्रोत्साहन, कृषि मिटरमा अनुदान, मलखाद खेतीको विस्तार तथा फलफूल खेती प्रवर्द्धनका कार्यक्रम पनि समावेश गरिएको छ।
उद्योग, वाणिज्य, पर्यटन र रोजगार क्षेत्रतर्फ स्थानीय उद्योग व्यवसायको अभिलेखीकरण, सीपमूलक तालिम, लघुउद्यम विकास तथा रोजगार सिर्जनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। रामगोपालपुर बजारको थप सौन्दर्यीकरण, पोखरी तथा धार्मिक स्थलहरूको संरक्षण र पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई निरन्तरता दिइनेछ। लिट्टीघाट पोखरीको सौन्दर्यीकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल हाजिरी प्रणाली, प्रविधिमैत्री शिक्षण सिकाइ, उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान, निःशुल्क पाठ्यपुस्तक वितरण तथा विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका कार्यक्रम ल्याइएको छ। कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था, छात्रवृत्ति कार्यक्रम, स्थानीय मैथिली पाठ्यक्रम निर्माण तथा विपन्न र दलित बस्तीमा कोचिङ कक्षा सञ्चालन गरिने नीति लिइएको छ। श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको अधुरो भवन निर्माण सम्पन्न गर्न १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा औषधिको नियमित आपूर्ति, विपन्न नागरिकलाई प्रयोगशाला शुल्कमा ५० प्रतिशत छुट, क्षयरोगीका लागि पोषण प्याकेज, स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता तथा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि गर्ने व्यवस्था गरिएको छ। नगरपालिकालाई आगामी आर्थिक वर्षमा पूर्ण खोप पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। निःशुल्क एम्बुलेन्स सेवाको निरन्तरताका लागि थप एउटा नयाँ एम्बुलेन्स खरिद गरिने तथा क्यान्सर, मिर्गौला र डायलाइसिस गराइरहेका बिरामीलाई मासिक आर्थिक सहयोगलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
नगर प्रमुख रामदुलार साहले प्रस्तुत बजेट जनमुखी, विकासमुखी र समावेशी रहेको बताउँदै कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमार्फत नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको बताए। प्रमुख अतिथि सरोज कुमार यादवले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
3 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
9 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
17 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
18 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
4 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
5 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
5 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
5 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
5 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
5 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा ..
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन व..
कमेन्ट गर्नुहोस्
view comments