गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका कर्मचारीद्वारा विरोध

3 महीना पहिले प्रकाशित

(2083-03-19 B.S.)

430 पटक देखिएको

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि भंगहा नगरपालिकाका कर्मचारीहरूले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा कर्मचारीहरूले कुनै पूर्वसूचना वा आवश्यक समन्वयबिना नगर प्रहरीलाई पक्राउ गरिएको भन्दै यस घटनाले स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिअनुसार नगर प्रहरीहरू स्थानीय सरकारको जिम्मेवारीअनुसार नियमित कार्यसम्पादन गरिरहेका बेला पक्राउ गरिएको दाबी गरिएको छ। कर्मचारीहरूले यस किसिमको घटनाले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सम्मानमा प्रश्न उठ्नुका साथै कर्मचारीहरूको मनोबलमा समेत नकारात्मक असर पर्ने बताएका छन्।

भंगहा नगरपालिकाका कर्मचारीहरूले पक्राउ परेका आठै जना नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले आवश्यक पहल गर्न माग गरेका छन्। साथै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सुरक्षा, सम्मान र जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

विज्ञप्तिमा स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूको अधिकार र सुरक्षामा कुनै सम्झौता गर्न नसकिने उल्लेख गर्दै अन्तरसरकारी समन्वय, कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाको सम्मान गर्दै यस्ता विषय समाधान गरिनुपर्ने धारणा व्यक्त गरिएको छ।

असार १९ गते जारी उक्त विज्ञप्तिमा भंगहा नगरपालिकाका विभिन्न शाखामा कार्यरत दर्जनौँ राष्ट्रसेवक कर्मचारीहरूले हस्ताक्षर गर्दै पक्राउ परेका नगर प्रहरीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

28 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

29 दिन पहिले