सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाटन, शिक्षा क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकता
2 महीना पहिले प्रकाशित
(2083-03-27 B.S.)
207 पटक देखिएको
महोत्तरी, असार २७ गते ।
सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै सामुदायिक विद्यालयहरूको स्तरोन्नतिलाई तीव्रता दिएको छ। यसैक्रममा गाउँपालिका–५ पोखरभिण्डास्थित श्री बलिराम माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन शनिबार एक समारोहका बीच उद्घाटन गरिएको छ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामनाथ यादवले आफ्नो चारवर्षे कार्यकालमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक वातावरण र गुणस्तरीय शिक्षामा उल्लेखनीय सुधारका कार्यहरू गरिएको बताए। उनले आधुनिक र सुरक्षित विद्यालय भवन निर्माणसँगै आवश्यक शैक्षिक सामग्री तथा अन्य पूर्वाधारको व्यवस्थापनमा गाउँपालिका निरन्तर लागिरहेको उल्लेख गरे।
अध्यक्ष यादवले शिक्षा क्षेत्रमा भएको सुधारकै कारण एसईईको नजितामा महोत्तरी जिल्लाका स्थानीय तहमध्ये सम्सी गाउँपालिका दोस्रो स्थानमा रहेको दाबी गर्दै आगामी दिनमा माध्यमिक तथा उच्च माध्यमिक तहको शिक्षालाई अझ प्रभावकारी बनाउन थप पूर्वाधार निर्माण, शैक्षिक स्रोत–साधनको विस्तार तथा गुणस्तरीय शिक्षामा लगानी बढाइने जानकारी दिए। विशेषगरी कक्षा ११ र १२ को अध्ययन–अध्यापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भवन, प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधार विकास गरिने उनको भनाइ थियो।
उनका अनुसार विद्यालयको १२ कोठे नयाँ भवन करिब ४७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थीहरूले सुरक्षित, व्यवस्थित र सहज सिकाइ वातावरण प्राप्त गर्ने तथा विद्यालयको शैक्षिक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उपस्थित स्थानीयवासी तथा अभिभावकहरूले नयाँ विद्यालय भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आधुनिक पूर्वाधारले विद्यार्थीको सिकाइ उपलब्धि, नियमितता र विद्यालयप्रतिको आकर्षणसमेत बढ्ने अपेक्षा गरेका छन्।
सम्सी गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रको पूर्वाधार विकास, विद्यालयहरूको स्तरोन्नति तथा गुणस्तरीय शिक्षाको विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
6 घन्टा पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
2 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
3 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
11 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
15 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments