मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
2 महीना पहिले प्रकाशित
(2083-04-29 B.S.)
257 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी, साउन २९ गते
मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये हालसम्म ९७.७१ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयको विवरणअनुसार मधेश प्रदेशमा धान रोपाइँका लागि कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म ३ लाख ७३ हजार ६ सय ९३.२९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत रूपमा सिरहा र बारा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरणमा उल्लेख छ। सर्लाहीमा ९९ प्रतिशत, धनुषामा ९५ प्रतिशत, सप्तरीमा ९५ प्रतिशत तथा पर्सामा ९८ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न भएको छ।
यस्तै, महोत्तरीमा धान रोपाइँ हुने ४० हजार हेक्टर क्षेत्रफलमध्ये ३४ हजार ७ सय २१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन करिब ८६.८० प्रतिशत हो।
निर्देशनालयले जिल्लागत धान रोपाइँको अवस्थासम्बन्धी साप्ताहिक विवरण सार्वजनिक गर्दै आएको जनाएको छ। अधिकांश जिल्लामा रोपाइँ सम्पन्न भइसकेकाले अब बाँकी क्षेत्रमा पनि रोपाइँ छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
28 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments