पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस वर्ष धान उत्पादन घट्ने भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। असार महिनामा आशा र उत्साहका साथ रोपिएको धान भदौ महिना लाग्दासम्म पनि पर्याप्त पानी नपाउँदा खेतमा धानका बोट पहेँलिन थालेका छन् भने कतिपय ठाउँमा माटो चर्किन थालेको छ। यसले किसानमा उत्पादन घट्ने मात्र होइन, घरपरिवारको जीविकोपार्जनसमेत संकटमा पर्ने चिन्ता बढाएको छ।
गौशाला नगरपालिकाका अधिकांश किसान वर्षे पानीमा निर्भर भएर खेती गर्दै आएका छन्। समयमै मनसुन सक्रिय भई निरन्तर पानी परे धानको राम्रो उत्पादन हुने अपेक्षामा उनीहरूले बिउ रोपेका थिए। तर अपेक्षाअनुसार वर्षा नहुँदा खेतमा पानीको अभाव भएको छ। सिँचाइ सुविधा पुगेका केही किसानले मोटर वा पम्पसेट प्रयोग गरेर खेतमा पानी हाल्ने प्रयास गरे पनि अधिकांश किसानसँग यस्तो सुविधा नहुँदा उनीहरू वर्षाको प्रतीक्षामा छन्।
गौशाला नगरपालिका–६ का किसान भोगेन्द्र यादवले प्रत्येक वर्ष दुई बिघा क्षेत्रफलमा धान खेती गर्दै आएको बताए। उनले अघिल्ला वर्षको उत्पादनले जसोतसो परिवारको खर्च धानिँदै आएको उल्लेख गर्दै यस वर्ष भने अवस्था निकै चिन्ताजनक बनेको बताए। “हरेक वर्ष दुई बिघामा धान लगाउँछु। उत्पादनले जसोतसो घर चलिहाल्थ्यो। तर यसपालि पानी नपरेको कारणले धान सुक्न थालेको छ। यदि अब पनि राम्रो वर्षा भएन भने परिवार कसरी चलाउने भन्ने चिन्ता लागेको छ,” उनले भने।
उनका अनुसार केही ठाउँमा धानका बोट हुर्कनै सकेका छैनन् भने कतिपय खेतमा बोट पहेँलो भएर वृद्धि रोकिएको छ। अहिले पानी परे पनि केही राहत पुग्ने आशा किसानहरूले गरेका छन्, तर धेरै ढिलोसम्म वर्षा नभए उत्पादनमा ठूलो गिरावट आउने किसानहरुको गुनासो छ।
यस्तै समस्या गौशालाका अन्य किसानहरूले पनि भोगिरहेका छन्। धेरै किसानले बिउ, मल, मजदुरी र जोताइमा ठूलो लगानी गरिसकेका छन्। तर खेतमा आवश्यक पानी नहुँदा त्यो लगानी जोखिममा परेको उनीहरूको गुनासो छ। डिजेल पम्पबाट सिँचाइ गर्नुपर्ने किसानहरूको खर्च पनि उल्लेख्य रूपमा बढेको छ। महँगो डिजेलका कारण सबै किसानले सिँचाइ गर्न नसक्ने अवस्था रहेको उनीहरू बताउँछन्।
कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूका अनुसार धानको वृद्धि हुने महत्वपूर्ण चरणमा पर्याप्त पानी नपाउँदा बोटको वृद्धि प्रभावित हुन्छ। यसले गुभो लाग्ने प्रक्रिया कमजोर हुने, दाना कम लाग्ने र अन्ततः उत्पादनमा कमी आउने जोखिम बढ्छ। विशेषगरी वर्षे पानीमा निर्भर क्षेत्रका किसान अहिले सबैभन्दा बढी प्रभावित भएका छन्।
गौशाला नगरपालिकाका धेरै खेत अझै पनि आकाशे पानीमा निर्भर छन्। जलवायु परिवर्तनका कारण वर्षाको समय र वितरणमा आएको असन्तुलनले किसानहरू थप समस्यामा परेको स्थानीयहरू बताउँछन्। अघिल्ला वर्षहरूमा असार–साउनभरि निरन्तर पानी पर्ने गरे पनि यस वर्ष लामो समयसम्म खडेरी जस्तै अवस्था देखिएको उनीहरूको अनुभव छ।
कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार महोत्तरी जिल्लामा यस वर्ष कुल ६७ हजार ३५२ हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेको छ। तर हालसम्म जिल्लामा करिब २५ दशमलव ३९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ। समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँको गति सुस्त बनेको र रोपिएको धानसमेत पानीको अभावले प्रभावित भएको निर्देशनालयले जनाएको छ। यदि आगामी दिनमा पर्याप्त वर्षा भयो भने केही हदसम्म अवस्था सुधार हुन सक्ने भए पनि लामो समयसम्म पानी नपरे उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना रहेको कृषि विज्ञहरू बताउँछन्।
गौशालाका किसानहरूले सरकारले तत्काल वैकल्पिक सिँचाइको व्यवस्था, डिजेलमा अनुदान तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्। उनीहरूका अनुसार वर्षामा मात्र निर्भर खेती प्रणाली अब जोखिमपूर्ण बन्दै गएको छ। त्यसैले दीर्घकालीन रूपमा सिँचाइ पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता पनि उनीहरूले औँल्याएका छन्।
भदौ लाग्दासम्म पनि आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका किसानहरूको एउटै आशा छ—समयमै वर्षा होस् र मेहनतले रोपेको धानले दाना भर्न सकोस्। अन्यथा यस वर्षको धान उत्पादन घट्ने मात्र होइन, हजारौँ किसान परिवारको खाद्य सुरक्षा र आर्थिक अवस्था पनि प्रभावित हुने चिन्ता बढ्दै गएको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments