बाराको बाराको कलैया उपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत

6 वर्ष पहिले प्रकाशित

(2077-03-10 B.S.)

5056 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार १०

बाराको बाराको कलैया उपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको सभाहलमा आज नगरसभाको उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुनले संयूक्त रुपमा पानसमा बति बालेर नगरसभाको उद्घाटन गर्नु भएको थियो ।

उपप्रमुख खातुनले आर्थिक बर्ष ७७/७८ को लागि चालु तर्फ २१ करोड ९६ लाख ३६ हजार ८ सय र पूँजिगततर्फ ५९ करोड ३ लाख ८० हजार ९ सय ६९ गरि १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को बजेट बिनियोजन गरेको छ । निति तथा कार्यक्रममा उपमहानगरपालिका क्षेत्रमा योजना तथा कार्यक्रम संचालनमा महिला, बालबालिका, आदिबासी, जनजाती आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक, दलित, मधेशी, मुस्लिम तथा पिछडा वर्ग लैङ्गिक अल्पसंख्यक आदिकोे विकास र उत्थानका निम्ति बिशेष जोड दिईने छ ।

समृद्ध कलैयाको अवधारणालाई सकार पार्न महानगरिय परिकल्पनाका साथ अल्पकालिन तथा दिर्घकालिन विकासका योजनाहरु मार्फत समृद्ध कलैया सुखि कलैया नगरबासी निर्माण गर्न जोड दिईएको छ । शिक्षा स्वास्थ्य लगायतका सामाजिक आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण, कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नगरबासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट नगरको कृषि उघोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुनउत्थान गर्ने, नगरबासीका लागि काम र रोजगारीको अवसरमा बृद्धि गर्ने लगायत उपमहानगरको प्रमुख प्राथमिकतामा रहेको छ ।

उपमहानगरपालिका कृषि तथा पशु पालनमा अधारित रहेकोले कृषिको माध्यमबाट आयआर्जन एवम स्वरोजगारको लागि विशेष प्राथमिक्ताका साथकार्यक्रमहरु संचालन गरिने, सम्भाब्यता पहिचान गरि प्रत्येक वडामा उखु पकेट, तरकारी पकेट, अर्गानिक तरकारी पकेट, बाख्रापकेट, दुुधपकेट, अवधारणा अवलम्बन गरिने, ५ कठ्ठाजग्गामा केरा, मेवा, कागती लगाउने कृषकलाई २ बर्षसम्म १० हजारका दरले अनुदान दिनको लागि कृषि विकास प्रबर्धन अनुदान कोषको ब्यवस्था गरिएको छ । उन्नत गाई वा भैसी पालन ब्यवसाय मार्फत पाँच वा पाँच भन्दा बढी गाई भैसी पाल्ने किसानलाई प्रतिगाई भैसी बराबर पाच हजारका दरले प्रोत्साहन उपलब्ध गराईने निति तथा कार्यक्रममा समावेस गरिएको छ ।

प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने विधार्थीहरुको लागि अध्यापन गराउने संस्थालाई बैंक मार्फत बुझाइएको ऋणको ब्याजको भुक्तानी गर्न उच्च शिक्षा अध्ययन ब्याज रकम सहयोग कार्यक्रम संचालन गरिने निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नगर प्रमुख यादवको अध्यक्षतामा भएको नगरसभामा उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, संचारकर्मी, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

15 घन्टा पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

9 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

9 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

20 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

15 घन्टा पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

9 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

19 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले