आर्थिक बर्ष २०७७/७८ का लागि रौतहटका १० वटा स्थानिय तहले नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरे

6 वर्ष पहिले प्रकाशित

(2077-03-11 B.S.)

4157 पटक देखिएको

दिपेन्द्र जयसवाल असार ११

आर्थिक बर्ष २०७७/७८ का लागि रौतहटका १० वटा स्थानिय तहले नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको छ । रौतहटको चन्द्रपुर, मौलापुर, बृन्दावन, गौर,माधवनारायण, राजपुर ,गढिमाई ,परोहा तथा दुर्गा भगवती र यमुनामाई गाँउपालिकाले बार्षिक नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको हो । चन्द्रपुर नगरपलिकाले छैठौ नगर सभामा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि १ अर्ब १५ करोड ८६ लाख ६ सय ४ रुपियाँको अनुमानित आय व्यय प्रस्ताव गरेको छ ।

अगामी आर्थिक बर्षका लागि चालुतर्फ ६० करोड १५ लाख र पुजीगततर्फ ५५ करोड ७१ लाख गरि १ अर्ब १५ करोड ८७ लाख ब्याय हुने अनुमान पेश गरिएको छ । गढीमाई नगरपालिकाले भने ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनुभयो । वित्तिय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने बार्षिक बजेट २९ करोड, आन्तिरिक आय, प्रदेश सरकारबाट प्राप्त हुने रकम गरी उक्त बजेट प्रस्तुत गरेको उहाँको भनाई छ ।

दुर्गा भगवति गाँउपालिकाले समाजिक सुरक्षा भता बाहेक अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरेको छ । आन्तरिक विवादको कारण राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाको समयमा नै हुन नसकेको हो कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह कोरोना नियन्त्रणको तयारीमा लागेकाले बजेटको तयारी गर्न नपाएको बताउनुभयो ।१६ नगरपालिका र २ गाँउपालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा १० वटा स्थानिय तहले बार्षिक निती तथा कार्यक्रम ल्याएको जिल्ला समन्वय समितिका सभापति रामएकवाल रायले बताउनुभयो ।

अन्य स्थानिय तहहरुले सम्पुर्ण तयारी गरि सकेकाले अगामी सातासम्म बाँकी रहेका सबै स्थानिय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरि सक्ने उहाँले जानकारी दिनुभयो । विषेश गरी कृषि पोकेट क्षेत्र, सडक सुधार, आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा लगायतका शिर्षकलाई नै स्थानिय तहले प्रथामिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

5 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

13 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

25 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

5 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

25 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले