कृषि ज्ञान केन्द्र बाराले ९ हजार ३४८ जना किसानको ३ लाख मुनिको कर्जामा ब्याज अनुदान रकम भूक्तानी

6 वर्ष पहिले प्रकाशित

(2077-03-20 B.S.)

2941 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार २०

कृषि ज्ञान केन्द्र बाराले ९ हजार ३४८ जना किसानको ३ लाख मुनिको कर्जामा ब्याज अनुदान रकम भूक्तानी गर्ने भएको छ । बजेट अभावमा ३ लाख मुनिको कृषि कर्जामा मात्रै हाल बैंक तथा सहकारी मार्फत अनुदान रकम भूक्तानी गर्न लागेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । प्रदेश २ सरकारले लकडाउनबाट प्रभावित किसानलाई राहत दिने उदेश्यले ३ करोड १० लाख रकम बारामा पठाएको छ ।

सोही रकमबाट हाल ३० वटा बैंक तथा ४० वटा सहकारी मार्फत किसानहरुमा रकम भूक्तनी हुने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । राहत दिन बनेको राहत तथा अनुदान प्रवाह निर्देशिका २०७६ अनुसार पहिलो चरणमा अनुदान रकम भूक्तानी गर्न लागिएको हो । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामले गत चैत्रमा बैक, वित्तिय संस्था तथा सहकारीबाट लिएको कर्जाको ब्याजमा १२ प्रतिशत अनुदान दिने घोषण गरेको थियो ।

साथै भुमि ब्यवस्था, कृषि तथा सहकारी शैलेन्द्र साहले बजेट रकमान्तर गरेर भएपनी यसै बर्ष बाँकी रकम भूक्तानी गर्ने बताएका छन् । त्यसरी सम्भव नभए आगामी बर्ष सुरुबाटै भुक्तानी नियमित गरिन्छ । भुक्तानीमा बजेटको समस्या हुँदैन । मन्त्री साहले भन्नु भयो । आगामी बर्षको बजेटमा समेत यो विषय समेटिएकाले भुक्तानीमा समस्या नहुने उनको भनाई छ । अनपेक्षित रुपमा आवेदन परेका कारण तत्कालका लागि रकम अभाव हुने देखिएको उनको तर्क छ । कृषि क्षेत्रमा भएको कर्जा लगानीको अवस्थाको एकीन गर्न यो कार्यक्रमले सहयोग गरेको छ । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम कार्यान्वयनमा मन्त्रालय लाग्ने मन्त्री साहले बताउनु भयो । कृषि ज्ञान केन्द्र बाराका अनुसार विभिन्न लघुवित्ति वित्तिय संस्थामा कर्जा भई ब्यक्तिगत रुपमा करिब ४ हजार ५ सय निवेदन दर्ता भएका छन् ।

ती निवेदन र ३ लाख रुपैंया माथीको कर्जामा आगामी आर्थीक बर्ष २०७७/०७८ मा अनुदान रकम वितरण गरिने छ । त्यसका लागि आवश्यक करिब ६ करोड रकम प्रदेश २ मन्त्रालयसँग बजेट माग भएको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रकम प्राप्त हुनासात वितरणको ब्यवस्था मिलाईने ज्ञान केन्द्र प्रमुख यादवले बताउनु भयो । मन्त्रालयले २०७७ जेठ ८ मा सुचना प्रकाशित गरी अनुदान मागका लागि वडाको सिफारिस, बैंक स्टेटमेन्ट सहित आवेदन दर्ता गर्न भनेको थियो । सुचना पश्चात कृषि ज्ञान केन्द्र बारामा अनुदान माग गर्दै १७ हजार दुई सय ८३ फाईल दर्ता भएका थिए ।

हाल भुक्तानी पाउनेमा बैंकका चार सय २७ र सहकारीका आठ हजार नौ सय २१ गरी जम्मा नौ हजार तीन सय ४८ रहेका छन् । बाँकीलाई आगामी बर्ष रकम वितरण गरिने कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवले जानकारी दिनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

6 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले