बाराको  खोलामा पानीको बहाब उच्च हुँदा दर्जनौं गाउँ डुबानमा पर्ने अनुमान

6 वर्ष पहिले प्रकाशित

(2077-03-25 B.S.)

2668 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार २५

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ । तर बाराका १६ स्थानीय तहले विपद् व्यवस्थापनको पूर्वतयारी गरेका छैनन् । केही स्थानमा मोबाइलबाट सतर्क रहन भनिएपनि धेरै स्थानमा सचेत रहन सूचनासम्म जारी गरिएको छैन ।

आउँदो तीन दिन केही नदीहरुमा पानीको बहाब बढेर खतराको तहसम्म पुग्ने अनुमान छ । बाराको  खोलामा पानीको बहाब उच्च हुँदा दर्जनौं गाउँ डुबानमा पर्ने, खोला अनियन्त्रित भइ खेतबारीमा समेत व्यापक असर गर्ने अनुमान गरिएको छ । बारा जिल्ला प्रदेश–२ कै विपद्को उच्च जोखिममा रहेको जिल्ला रहेको विपद् व्यवस्थापनविज्ञ रामनाथ ओझाले बताउनुभयो । वर्षा सुरु भएसँगै बाराका बालगंगा, दुधौरा, बकैया, पसाह खोलाको कारण बस्ती डुबानमा पर्नेदेखि मानिस बेपत्ता हुने र मृत्यु हुनेजस्ता घटना प्रत्येक वर्ष घट्ने गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार पूर्वतयारी तथा प्रतिकार्य योजना स्थानीय तहले वडास्तरसम्म गठन र प्रतिकार्य नगर्दा यो वर्ष पनि जोखिम बढेको हो । बारामा केही दिनअघि परेको चट्याङले खेतमा काम गरिरहेका चारजना महिलाको मृत्यु भएको थियो । १० जना घाइते भएका थिए । उनीहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार गरेको थियो ।

सो घटनापछि नगद बोकेर जनप्रतिनिधि पीडितको घरमा पुगी फोटो खिचाएर सामाजिक सञ्जालमा हालेका थिए । खासगरी प्रदेश–२ का बारा, पर्सा रौतहट जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको बताइन्छ । जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय रहेपनि स्थानीय तह विपद् व्यवस्थापनको पूर्वतयारीमै अन्योलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले