महोत्तरी कारागारका कैदीबन्दी अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा

महोत्तरी , असार ३१
महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो ।
कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो । गत बुधबारदेखि सोमबार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र तीन फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरु बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ ।
“चापाकल चलाउने ह्याण्डिल पानीले छोपेको छ, कक्षमा बाहिरबाट छिरेको हिलो लेदोमै बस्नुपरेको छ” पुरुषकक्षका एक कैदीबन्दीले भने, “खानेपानीको हाहाकारसँगै फोहर पानीले थुप्रै साथी बिरामी भएका छन् ।” रेडक्रस महोत्तरी शाखाले सोमबार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरुले ल्याइदिने पानी नै आपूmहरुको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् ।
सोमबार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ । फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख (जेलर) मक्सुधन महासेठले नै स्वीकार गर्नुभयो ।
विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिलाकक्षमा चार आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैँजसो न्यायिक निकायले कैदी र बन्दी (थुनुव) पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउनुहुन्छ ।
“हामीले गहिरो ठाउँमा रहेको कारागारबाट बाहिर फोहर निस्कने ढल व्यवस्थापनका लागि जलेश्वर नगरपालिका र आफ्नै उपल्लो निकायलाई घच्घच्याइरहेका छौँ”, महासेठले भन्नुभयो, “तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।
” कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफँैलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउनुहुन्छ । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल सङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी÷थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो (फैसला) चाँडै नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी (फैसला भएर सजाय भुक्तान गरिरहेका) ३० प्रतिशतभन्दा पनि कम रहेका छन् ।
यता थुनुवा (मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका) ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् । कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्र्मतसम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् ।
कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
17 घन्टा पहिले
गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको गौशालाबजार स्थित महोलिया टोलमा पूर्व मन्त्री साहद्वारा एक नयाँ रोडको श..
2 दिन पहिले
मधेशमा आज पनि वर्षाको सम्भावना
महोत्तरी, ७ जेठ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बिहान देशभर बदली भइ हल्कादेखि मध्यम बर्षा भएको छ । कोश..
2 दिन पहिले
रामजानकी अटो प्रा.लि.द्वारा बजाज साटासाट मेला, विशेष छुट ..
गाैशाला, जेष्ठ ६ गते महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम..
3 दिन पहिले
मधेश, कोशी, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भ..
जेठ ६, मंगलबार । आज मधेशसहित कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम व..

महोत्तरी लगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र चट्या..
महोत्तरी, जेठ ५ गते ।सोमबार महोत्तरी लगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ्गको जोखिम रहेको मौसम पूर्..
4 दिन पहिले
गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको गौशालाबजार स्थ..
महोत्तरी लगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र चट्या..
महोत्तरी, जेठ ५ गते ।सोमबार महोत्तरी लगायत मधेशका विभि..
मधेश, कोशी, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भ..
जेठ ६, मंगलबार । आज मधेशसहित कोशी, बागमती, गण्..
रामजानकी अटो प्रा.लि.द्वारा बजाज साटासाट मेला, विशेष छुट ..
गाैशाला, जेष्ठ ६ गते महोत्तरीको गौशाला नगरपालिका–५ ..
कमेन्ट गर्नुहोस्
view comments