महोत्तरी कारागारका कैदीबन्दी अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा

6 वर्ष पहिले प्रकाशित

(2077-03-31 B.S.)

4236 पटक देखिएको

महोत्तरी , असार ३१ 

 महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो । 

कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो । गत बुधबारदेखि सोमबार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र तीन फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरु बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ । 

“चापाकल चलाउने ह्याण्डिल पानीले छोपेको छ, कक्षमा बाहिरबाट छिरेको हिलो लेदोमै बस्नुपरेको छ” पुरुषकक्षका एक कैदीबन्दीले भने, “खानेपानीको हाहाकारसँगै फोहर पानीले थुप्रै साथी बिरामी भएका छन् ।” रेडक्रस महोत्तरी शाखाले सोमबार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरुले ल्याइदिने पानी नै आपूmहरुको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् ।

सोमबार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ । फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख (जेलर) मक्सुधन महासेठले नै स्वीकार गर्नुभयो । 

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिलाकक्षमा चार आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैँजसो न्यायिक निकायले कैदी र बन्दी (थुनुव) पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउनुहुन्छ ।

“हामीले गहिरो ठाउँमा रहेको कारागारबाट बाहिर फोहर निस्कने ढल व्यवस्थापनका लागि जलेश्वर नगरपालिका र आफ्नै उपल्लो निकायलाई घच्घच्याइरहेका छौँ”, महासेठले भन्नुभयो, “तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।

” कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफँैलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउनुहुन्छ । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल सङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी÷थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो (फैसला) चाँडै नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी (फैसला भएर सजाय भुक्तान गरिरहेका) ३० प्रतिशतभन्दा पनि कम रहेका छन् । 

यता थुनुवा (मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका) ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् । कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्र्मतसम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् ।

कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..