बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी

6 वर्ष पहिले प्रकाशित

(2077-04-01 B.S.)

3698 पटक देखिएको

नेपालगन्ज , साउन १ 

 कोरोना भाइरसको जोखिम घट्दै गएकोभन्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। अहिलेकै अवस्था रहेका विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए।

‘संघीय सरकारले कुनै निर्देशन पठायो भने अलग पाटो हो, नभए साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षिय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेका हौं।’

कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन ठप्प छ। गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि अधिकांश विद्यालय क्वारेन्टिन तथा आइसोलेसनका रूपमा प्रयोग गरेको थियो।

विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयका कक्षा कोठामा स्यानिटाइज छर्कने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

16 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

17 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..