महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातबाट ९ लाख ७० हजारको चेक संग्रह
श्रावण ३
कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको छ धनुषा — महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार चेक दिइएको हो ।
कामविशेषले लेखा शाखा पुग्दा टेबलमा राखेको नाला निर्माण उपभोक्ता समितिको कागजातमा आफ्नो किर्ते हस्ताक्षर देखेपछि सोधखोज गर्दा फर्जी कागजात बनाएर चेक बुझेको पाइएको इन्जिनियर सिंहले बताए । ‘अनुगमन भत्ता लिन लेखाफाँटमा जाँदा किर्ते हस्ताक्षर भएको फाइल देखेपछि शंका लाग्यो,’ उनले भने, ‘खोजी गर्दा किर्ते कागजात बनाएको खुल्यो ।’ रहस्य खुलेपछि चेक भुक्तानी रोक्का गरिएको थियो । ९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको सूचना अधिकृत रञ्जित बर्माले बताए ।
योजना शाखा, लेखा शाखा र कार्यालय प्रमुखबाट योजनाको कागजात तयार भएकाले नगरपालिकाकै कर्मचारी किर्ते कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको बर्माले बताए । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको छ । कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो ।
तर, प्रशासकीय अधिकृत थापाले किर्ते कागजात पेस गरी लिएको चेकबारे आफूलाई जानकारी नभएको बताए । नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । खाता खोल्न नगरपालिकाबाट सिफारिससहितको कागजात बन्ने क्रममै किर्ते योजनाको रहस्य सार्वजनिक भएको हो । ‘किर्ते कागजातका साथै कार्यालयमै चेक फेला परेको विषयमा अनुसन्धान सुरु भइसकेको छ,’ मेयर शिवनाथ महतोले भने ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments