दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा
साउन ६ गते
दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा परेको छ । प्रदेश २ का सबै ८ जिल्लाको दक्षिणतिरका अधिकांश गाउँमा पानी पसेको छ । पूर्वपश्चिम राजमार्गमै पानी जम्दा सोमबार केहीबेर यातायातसमेत प्रभावित बनेको छ ।
आइतबारदेखि जारी रहेको बर्षाका कारण खोला र नदीको सतह बढ्दै जाँदा बाढीको त्रास उत्पन्न भएको छ ।
सप्तरीको आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परिसकेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको अधिकांस वडा डुबानमा परेको छ । वडा नम्बर १ तिलाठी, वडा नम्बर ३ सकरपुरा, वडा नम्बर ४ कोइलाडी, वडा नम्बर ५ बनरझुल्ला डुबानमा परेको छ । खाँडो नदीमा आएको बाढी वस्तीसम्म पुगेको छ ।
गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार वडा नम्बर १, ४ र ५ का झण्डै ३ सय घरमा पानी पसेको छ । खाँडो नदीमा आएको बाढीले वडा नम्बर ३ सकरपुरा नजिकैको स्पर कटान शुरु गरेको छ । कटानलाई रोक्न बाँध बाँध्ने काम शुरु गरिसकिएको झाले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का ५० परिवार डुबानमा परेका छन् । हनुमानगर कंकालिनी नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेको छ । यी क्षेत्रमा हालै रोपिएको सयौं बिघाको धान खेती पनि डुबानमा परेको छ ।
लगातारको बर्षाले सदरमुकाम राजविराज वडा नम्बर २ र ५ का धेरै घर डुबानमा परेका छन् । जिल्लास्थित कोशी, खाँडो, बलान, खडक, महुली, जिता, त्रियुगा नदीमा पानीको सतह लगातार बढ्दै गएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुर बस्ने गजानन्द रायको गोठ भत्केको छ । च्यापिएर उनकी ३५ बर्षीया पत्नी सुशीला देवी राय घाइते भएकी छन् ।
उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । गोठभित्र रहेको एक वटा गाई, १ वटा गोरु र ६ वटा बाख्राको मृत्यु भएको छ । महदेवा गाउँपालिका १ चिम्टि निवासी जागेन्द्र खंगको घर भत्केको छ ।
धनुषाको मिथिला नगरपालिका ४ मा प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन पर्खाल भत्किएको छ ।
महोत्तरीको विभिन्न ठाउँका चार व्यक्तिको घर भत्केको छ । घरभित्रका सामानहरु समेत क्षतिग्रस्त भएको छ । गौशाला नगरपालिका १२ कान्तिबजार निवासी सुकमाया योन्जनको टालीले छाएको १ तले फुसको कच्ची घर भत्किँदा २ वटा बाख्रा मरेका छन् । घर भत्किँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मटिहानी नगरपालिका २ सिर्सियामा पर्खाल भत्किँदा स्थानीय ६० बर्षीया सुशीला देवी राय घाइते भएकी छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।
सदरमुकाम जलेश्वर नगरपालिका १२ थरुवाहीमा स्थानीय अजेश्वर मण्डलको खपडाले छाएको घर भत्किएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ४ मा पनि घरभित्र पानी पस्दा स्थानीय रवीन्द्र चौधरीको घरका ७ जना विस्थापित भएका छन् ।
मलंगवा ५ स्थित लखनदेवी खोलाको बाढी आएर भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको छ । डुबानपछि १ सय ४७ जना आफन्तको घरमा बसेका छन् । गत असार २६ गते आएको बाढीका कारण विस्थापित भएका यी व्यक्ति साउन १ गते पानी सुकपछि आफ्नो घर गएका थिए ।
लगातारको बर्षाले प्रदेश २ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड सोमबार पनि अवरुद्व रह्यो । रौतहटको चन्द्रपुर २ स्थित लचकामा आएको बाढीले सडक अवरुद्ध गरेको छ ।
सर्लाहीको हरिवनमा पनि सोमबार केहीबेर पानीको भेल सडकबाटै बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्व भएको थियो । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार प्रदेशको विभिन्न ७ ठाउँका सडकमा बर्षाले क्षति पुर्याएको छ ।
प्रवक्ता मकेन्द्र मिश्रका अनुसार सप्तरीको राजविराज–कुनौली सडक खण्डको २ ठाउँमा, धनुषाको नगराइन नगरपालिका जटहीस्थित नेपाल भारत जोड्ने डाइभर्सनको एक स्थानमा बाढीले क्षति पुर्याएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका- १ माछा बजारस्थित जलेश्वर बर्दिवास र बलवा नगरपालिका १ स्थित जनकपुरधा, बलवा हुलाकी सडक खण्ड, पर्सा जिल्लाको पर्सागढी नगरपालिका-१ स्थित शंकर सरैयामाको भित्री बाटो र रंगपुरमा मनवातर्फ जाने बाटोमा क्षति पुगेको प्रवक्ता मिश्रले जानकारी दिए ।
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
17 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
18 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
19 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
20 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
20 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
1 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
2 महीना पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
2 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments