बिमा कम्पनीद्वारा धनुषाका उद्योगीलाई करोडौँ ठग्ने प्रयास
साउन ८
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवस्थित एभरेष्ट पेपर मिल्सले १३ वर्षपछि बिमा रकम पाउने भएको छ ।
लगातार ८ वर्षसम्म प्रिमियम तिरेको एभरेष्ट पेपर मिल्समा २०६० सालमा आगलागी भएको थियो । तर युनाइटेड इन्सुरेन्सले क्षति भएको ५ करोड बराबरको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशले बुधबार एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला गर्दै बीमावापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्न निर्देशन दिएको हो ।
सर्वोच्चको उक्त फैसलासँगै एभरेष्ट पेपर मिल्सले न्याय माग्न सुरु गरेको १३ वर्षपछि न्याय पाएको छ । एभरेष्ट पेपर मिल्सका महाप्रबन्धक सन्तोष दाहालले अदालतले १३ वर्षपछि न्याय दिएको भन्दै मिल्स सञ्चालन गर्न अब केही सहज हुने बताए ।
एभरेष्ट पेपर मिल्सले आफ्नो फ्याक्ट्री तथा उत्पादनको बीमा युनाइटेड इन्सुरेन्सबाट गराएको थियो ।
तत्कालीन समयमा माओवादीले २०६० साल भदौ ७ गते एभरेष्ट पेपर मिल्सको धनुषास्थित फ्याक्ट्री, गोदामलगायत स्थानमा आगो लगाएको थियो ।
माओवादीले फ्याक्ट्रीमा बम पड्काउँदै आगो लगाएपछि एभरेष्ट पेपर मिल्सको करिब ११ करोड रुपैयाँको क्षति भएको थियो ।
तर युनाइटेड इन्सुरेन्सले आफूले बीमा गरेको भवनको मात्रै भएको भन्दै ११ करोडको क्षति भएपनि जम्मा ४ करोड ५० लाख रुपैयाँमात्रै भुक्तानी गरेको थियो । २०६० सालमा भएको आगलागीपछि विभिन्न चरणमा छलफल भएपनि बीमा कम्पनीले बीमितलाई रकम क्षति भएको रकमको कटाउने रकमबाहेक पूरै रकम भुक्तानी नगरेपछि एभरेष्ट इन्सुरेन्स अदालतसम्म पुगेको थियो ।
त्यसो त एभरेष्ट पेपर मिल्सलाई माओवादीको बमले उडाएपछि यसले प्रिमियम तिरे अनुसारको बीमा रकम युनाइटेड इन्सुरेन्ससँग माग गरेको थियो । तर युनाइटेड इन्सुरेन्सले क्षति भएर कटाउने रकममध्ये पनि करिब २ करोड रुपैयाँ मिल्सलाई दिएको थिएन ।
तत्कालीन समयमा ११ करोडको क्षति भएपनि बीमा कम्पनीबाट ६ करोड ५० लाख मात्रै बीमा रकम प्राप्त गर्न सकिने गरी क्षतिको मूल्यांकन भएको थियो । उक्त रकम युनाइटेट इन्सुरेन्सले तिर्नुपर्ने भएपनि इन्सुरेन्स कम्पनीले भने जम्मा ४ करोड ५० लाख मात्रै रकम दिइ थप रकम दिन आनाकानी गरेको थियो ।
त्यसपछि पुनरावेदन अदालत पाटनमा एभरेष्ट पेपर मिल्सले मुद्दा दायर गरेको थियो । मिल्सको मुद्दा पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुङ्गानाको इजलाशले युनाइटेड इन्सुरेन्सले नै बीमावापतको बाँकी २ करोड रकम पनि भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।
२०६७ साल वैशाख १३ गतेको उक्त फैसला चित्त नबुझेको भन्दै युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको थियो ।
यस्तै एभरेष्ट पेपर मिल्सलाई तिर्नुपर्ने बीमा वापतको रकम अब युनाइटेड इन्सुरेन्सले पुनर्बीमा कम्पनीबाट पाउने छैन । १५ वर्ष अगाडिको घटना भएको र तत्कालीन समयमा उसले दिन इन्कार गरी नदिएको रकम भएकाले अब उसले पुनर्बीमा कम्पनीबाट बीमा दाबी गर्न नमिल्ने भएकाले इन्सुरेन्सले आफ्नै आम्दानीबाट उक्त रकम भराउनु पर्नेछ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments