जिल्ला विपद व्यवस्थापन समितिलाई युएनडिपीको सहयोगमा दुई थान डुंगा सहयोग

6 वर्ष पहिले प्रकाशित

(2077-04-12 B.S.)

1828 पटक देखिएको

महोत्तरी, साउन १३ गते 

वाढीको उच्च जोखिम र हरेक वर्ष आईरह्ने वाढीबाट हुने क्षति कम गर्न सहयोग पुग्ने उदेश्यका साथ जिल्ला विपद व्यवस्थापन समितिलाई युएनडिपीको सहयोगमा दुई थान डुंगा सहयोग गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको हातबाट उक्त डुंगा विपद व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवाललाई प्रदान गरिएको हो ।

यता मन्त्रीबाट पाएको डुंगा तत्कालै प्रमुख जिल्ला अधिकारी कटुवालले स्थानिय निकायलाई हस्तान्तरण गरेका थिए । उक्त डुंगा जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका क्षेत्र भित्रका विपदमा परेका जनतालाई सहयोग हुने गरि नेपाली सेनाको रणभिम गण र शसस्त्र प्रहरीको नं. ९ हेडक्वाटर जलसागरको जिम्मा लगाइएको छ । डुंगासंग लाईफ ज्याकेट,हेल्मेट लगायतका अन्य सामग्रीहरु समेत रहेको थियो । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहजिकरणमा डुंगा उपलब्ध गराइएको हो ।

यता डुंगा हस्तान्तरण गर्न जिल्ला प्रसासन कार्यालय महोत्तरी आइपुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रदेशमा विगतको भन्दा अहिले रेस्क्यु सामग्री थपिएको बताउदै विस्तारै राहत र उद्धारको लागि प्रदेशको आफ्नै हेलिकप्टर समेत हुने सपना रहेको बताए । उनले सपना उच्च भएपनि सपना देखेपछि मात्र पुरा हुने भएकोले प्रदेश सरकारले हेलिकप्टर वारे सपनामात्र नभई त्यसलाई विपनामै परिणत गर्ने आट गर्न थालेको बताए ।

मन्त्री यादवले महोत्तरी तथा प्रदेश २ मै सुरक्षाकर्मीहरुसंग उद्धारकै लागि पर्याप्त तालिम प्राप्त जनशक्ति भएकोमा थप एडभान्स लेभेलको टे्रनिंगहरुको लागि समेत प्रदेश सरकार प्रतिवद्ध रहेको वताए । उनले राहत र उद्धारकै सन्दर्भमा वोल्दै राहत र उद्धारको अवस्था नै आउन नदिनु आफुहरुको लक्ष्य रहेको र सोहि अनुरुप वाढी आउने कारणहरुकै भरपर्दो उपचारको प्रयास प्रदेश सरकारबाट हुने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले