भारतबाट नक्कली पास (आईडी कार्ड) बनाएर भारतीय नागरिक रुपन्देहीका विभिन्न नाका हुँदै नेपाल प्रवेश

6 वर्ष पहिले प्रकाशित

(2077-04-12 B.S.)

1641 पटक देखिएको

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिइरहेको भारतबाट नक्कली पास (आईडी कार्ड) बनाएर भारतीय नागरिक रुपन्देहीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन्।

सीमामा खटिने प्रहरीलाई नक्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेको बेलहियाका स्थानीय बताउँछन्। खासगरी यस्तो प्रवृत्ति जिल्लाका अन्य नाकाभन्दा बेलहियामा बढी रहेको बताइएको छ।

सशस्त्र प्रहरीले नक्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गर्ने करिब एक सय जनाको कार्ड जफत गरी ती मानिसलाई भारततर्फ नै फर्काइदिएको छ। नक्कली कार्ड जफत भएपछि यसको दुरुपयोग भएको तथ्य बाहिर आएको हो। नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भन्सारमा काम गर्ने दलाल छन्। यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र तस्करहरुसमेत अधिक छन्।

खासगरी क्लियरिङ एजेन्टको कार्ड बनाएर भारतीयहरु दिनहुँ सीमा क्षेत्रबाट ओहोरदोहोर गर्छन् । कतिपय बुटवल भैरहवाका बजार घुमेर साँझ भारततर्फ नै फर्कन्छन् । कतिपयलाई सीमामा खटिने प्रहरीले निजी सवारीसहित नेपाल प्रवेश दिइरहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नक्कली आईडीकार्ड प्रयोग गरेर नेपाल भित्रिरहेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘भन्सारमा काम गर्ने एजेन्टहरु कोको हुन भन्ने भन्सारले नै एकीन गर्नुपर्छ। र, एजेन्टबाहेकलाई भन्सार प्रवेश दिनुहुँदैन। प्रहरीले पनि दिनहुँ ओहोरोदोहोर गर्नेको पहिचान गरी नेपाल प्रवेशमा रोक्नुपर्छ।’ उनले यस विषयमा आफूले प्रहरी र भन्सारलाई जानकारी दिएको र कडाई गर्ने बताए।

सीमाक्षेत्र सुनौलीमा बसेर त्यहाँको भन्सार र भैरहवा भन्सारमा दलाली गर्नेहरुको संख्या ठूलो छ। प्रहरी, भन्सार कर्मचारीहरुसँग मिलेर त्यस्ता दलालले अवैध सामान नेपाल प्रवेश गराउँछन्। कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभरका सीमानाका सिल गरेको छ। यस्तो अवस्थामा पनि कोरोना तीव्र रुपमा फैलिइरहेको भारतीय बजारबाट नक्कली कार्ड बनाइ नेपाल प्रवेश गरिरहेका भारतीयका कारण रुपन्देही उच्च जोखिममा छ।

भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले २५ जना क्लियरिङ एजेन्टको मात्रै भन्सारबाट आईडी कार्ड जारी भएको बताए। ‘एजेन्टले एक जना आफ्नो सहयोगी नियुक्त गर्न सक्छ, ती सहयोगीले आफ्नो कार्ड भिरेर भन्सार प्रवेश पाउँछन्। त्यसबाहेक अरुलाई भन्सारभित्र प्रवेश दिइएको छैन। आयातकर्ता भन्सारमा आउँदासमेत गेटबाट प्रवेश कार्ड लिएरमात्रै भित्र आउँछन्’, उनले भने। प्रजिअ भट्टराईले नक्कली कार्ड बनाई त्यसको दुरुपयोग गरेको आफूले पनि सुन्नमा आएको जनाए ।

‘कार्ड नक्कली हो कि सक्कली भनेर पहिचान प्रहरीले गर्ने हो। प्रहरीले प्रवेश नदिए कसरी भारतीय भन्सारसम्म आउन सक्छन्?’, उनले प्रश्न गरे। अर्को अचम्मको कुरा के छ भने नक्कली कार्ड प्रयोगकर्ताहरु दिनभर नेपाली बजारमा आउजाउ गर्छन् अर्कोतर्फ तिनै नक्कली कार्ड प्रयोग गरी साँझपरेपछि अन्य भारतीयहरु सीमा नजिकका नेपाली बजार बेलहिया, धकधई, पक्लिहवामा मदिरा सेवन गर्न आउने गरेका छन्।

स्रोत ;नेपालखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

8 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

17 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

27 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले