भारतबाट नक्कली पास (आईडी कार्ड) बनाएर भारतीय नागरिक रुपन्देहीका विभिन्न नाका हुँदै नेपाल प्रवेश

6 वर्ष पहिले प्रकाशित

(2077-04-12 B.S.)

1636 पटक देखिएको

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिइरहेको भारतबाट नक्कली पास (आईडी कार्ड) बनाएर भारतीय नागरिक रुपन्देहीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन्।

सीमामा खटिने प्रहरीलाई नक्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेको बेलहियाका स्थानीय बताउँछन्। खासगरी यस्तो प्रवृत्ति जिल्लाका अन्य नाकाभन्दा बेलहियामा बढी रहेको बताइएको छ।

सशस्त्र प्रहरीले नक्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गर्ने करिब एक सय जनाको कार्ड जफत गरी ती मानिसलाई भारततर्फ नै फर्काइदिएको छ। नक्कली कार्ड जफत भएपछि यसको दुरुपयोग भएको तथ्य बाहिर आएको हो। नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भन्सारमा काम गर्ने दलाल छन्। यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र तस्करहरुसमेत अधिक छन्।

खासगरी क्लियरिङ एजेन्टको कार्ड बनाएर भारतीयहरु दिनहुँ सीमा क्षेत्रबाट ओहोरदोहोर गर्छन् । कतिपय बुटवल भैरहवाका बजार घुमेर साँझ भारततर्फ नै फर्कन्छन् । कतिपयलाई सीमामा खटिने प्रहरीले निजी सवारीसहित नेपाल प्रवेश दिइरहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नक्कली आईडीकार्ड प्रयोग गरेर नेपाल भित्रिरहेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘भन्सारमा काम गर्ने एजेन्टहरु कोको हुन भन्ने भन्सारले नै एकीन गर्नुपर्छ। र, एजेन्टबाहेकलाई भन्सार प्रवेश दिनुहुँदैन। प्रहरीले पनि दिनहुँ ओहोरोदोहोर गर्नेको पहिचान गरी नेपाल प्रवेशमा रोक्नुपर्छ।’ उनले यस विषयमा आफूले प्रहरी र भन्सारलाई जानकारी दिएको र कडाई गर्ने बताए।

सीमाक्षेत्र सुनौलीमा बसेर त्यहाँको भन्सार र भैरहवा भन्सारमा दलाली गर्नेहरुको संख्या ठूलो छ। प्रहरी, भन्सार कर्मचारीहरुसँग मिलेर त्यस्ता दलालले अवैध सामान नेपाल प्रवेश गराउँछन्। कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभरका सीमानाका सिल गरेको छ। यस्तो अवस्थामा पनि कोरोना तीव्र रुपमा फैलिइरहेको भारतीय बजारबाट नक्कली कार्ड बनाइ नेपाल प्रवेश गरिरहेका भारतीयका कारण रुपन्देही उच्च जोखिममा छ।

 

भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले २५ जना क्लियरिङ एजेन्टको मात्रै भन्सारबाट आईडी कार्ड जारी भएको बताए। ‘एजेन्टले एक जना आफ्नो सहयोगी नियुक्त गर्न सक्छ, ती सहयोगीले आफ्नो कार्ड भिरेर भन्सार प्रवेश पाउँछन्। त्यसबाहेक अरुलाई भन्सारभित्र प्रवेश दिइएको छैन। आयातकर्ता भन्सारमा आउँदासमेत गेटबाट प्रवेश कार्ड लिएरमात्रै भित्र आउँछन्’, उनले भने। प्रजिअ भट्टराईले नक्कली कार्ड बनाई त्यसको दुरुपयोग गरेको आफूले पनि सुन्नमा आएको जनाए ।

‘कार्ड नक्कली हो कि सक्कली भनेर पहिचान प्रहरीले गर्ने हो। प्रहरीले प्रवेश नदिए कसरी भारतीय भन्सारसम्म आउन सक्छन्?’, उनले प्रश्न गरे। अर्को अचम्मको कुरा के छ भने नक्कली कार्ड प्रयोगकर्ताहरु दिनभर नेपाली बजारमा आउजाउ गर्छन् अर्कोतर्फ तिनै नक्कली कार्ड प्रयोग गरी साँझपरेपछि अन्य भारतीयहरु सीमा नजिकका नेपाली बजार बेलहिया, धकधई, पक्लिहवामा मदिरा सेवन गर्न आउने गरेका छन्।

स्रोत ;नेपालखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

5 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले