बाराको महादेव मन्दिरमा बोलबम भक्तजनहरुको चहलपहलमा कमी

6 वर्ष पहिले प्रकाशित

(2077-04-13 B.S.)

2882 पटक देखिएको

साउन १३

कोरोना भाइरस र जारी लकडाउनका कारण बाराको काँटघाँटस्थित सहजनाथ महादेव मन्दिरमा बोलबम भक्तजनहरुको चहलपहलमा कमी देखिएको छ । लकडाउनका कारण भक्तजनहरु आउने क्रम कम भएपछि मन्दिरमा चहलपहल कमी देखिएको हो ।

काँटघाँट मन्दिरमा हरेक बर्ष साउन महिनामा हजारौं भक्तजनको भिड लाग्ने गरेको थियो । तर मन्दिरमा कम भक्तजनहरुमात्र पुगेका थिए । कोरोना भाइरसको जोखिमका कारण भक्तजनहरुको उपस्थिति कम भएको मन्दिरमा जल चढाएर फर्किएका रौतहट दुर्गाभगवती गाउँपालिकाका धर्मेन्द्र दासले बताउनुभयो । सरकारले मठ मन्दिर जस्ता भिडभाड हुने स्थलमा रोक लगाएकाले मन्दिरमा भक्तजनहरुको चहलपहलमा कमी आएको हो । तर केही भक्तजनहरु भने कोरोना जोखिमको पर्वाहा नगरी जल चढाउन सधा झै पनि मन्दिर पुगेका थिए ।

धार्मिक आस्था र विश्वासका कारण जोखिमकाबीच उनीहरु मन्दीर पुगेका थिए । मन्दिरमा जल चढाउन पुगेका मध्ये केहीले भगवान शिवका भक्तजनलाई कोरोना नलाग्ने दावी पनि गरेका छन ।भक्तजनको आवागमनमा कमी भएपछि निजगगढस्थित पुर्वपश्चिम राजमार्गमा पनि यो बर्ष चहलपहल न्युन छ । मन्दिरमा जल चढाउन जाने र फर्किन भक्तजनहरुको भिडले अघिल्ला बर्षहरुमा निजगढको सडकमा पनि बोलबम यात्रुको ठुलो चहलपहल देखिने गरेको थियो । श्रद्धालुहरु पैदल र सवारी साधन प्रयोग गरेर निजगढ हुदै मन्दिर पुग्ने गरेका हुन । उनीहरुले प्रयोग गर्ने पहेलो वश्त्रका कारण राजमार्ग नै पहेलपुर देखिने गरेको स्थानीय दिनेश श्रेष्ठले बताउनुभयो । तर यो बर्ष भने साउनको दोस्रो सातासम्म पनि राजमार्गमा त्यस्तो कुनै चहलपहल नदेखिएको श्रेष्ठले बताउनुभयो ।

पहिलेपहिले राजमार्गमा बाजा बजाएर रमाइलो गर्दै भक्तजनहरु जल चढाउन जाने गथ्ये निजगढ ९ निवासी श्रेष्ठले भन्नुभयो बोलबम यात्रुहरु नदेखिदा यसपाला राजमार्ग पनि सुनसान छ । राजमार्ग हुदै केही थोरैमात्र बोलबम मोटरसाइकलबाट मन्दिरतर्फ लागेको देखिएको पनि उहाँले बताउनुभयो । बाराको कोल्हवी नगरपालिकास्थित चारकोसे झाडीको बिचमा पर्ने काटघाट मन्दिर पछिल्ला वर्षहरुमा तराईका बोलबम यात्रुहरुको मुख्य गन्तव्य बन्दै आएको छ । शक्ति प्राप्त र मनोकामना पुरा हुने विश्वसमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाका ठुलो संख्यामा भक्तजनहरुको मन्दिरमा जल चढाउन जाने गरेका छन । उनीहरुले मन्दिरबाट करिव ३७ किलो मिटर पुर्व रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमति नदीबाट ल्याएको जल मन्दिरमा पुर्याएर चढाउने गरेका हुन । घना जङगलभित्र रहेको सहजनाथ महादेवलाई स्थानीय बासिन्दाहरूले जङगली बाबा महादेवको नामले पनि पुकार्ने गर्दैआएका छन । सत्ययुगमा भगवान महादेव वन विहार गर्न चारकोसे झाडीको उक्त स्थानमा आई कैयौ दिनसम्म सहजरूपमा वन विहार गरी विश्राम गरेकाले सो स्थललाई सहजनाथ महादेवको नामले पुजिंदै आएको किवदन्ति छ ।

एक महिना पहिलेदेखि शुद्ध शाकाहारी भइ बागमति नदीबाट ल्याएको पवित्र जल श्रद्धालुहरुले मन्दिरमा पुगेर चढाउने गरेका हुन । राजमार्गबाट करिब ४ किमी दक्षिण जंगलको मध्ये भागमा अवस्थित मन्दिर परिसरमा श्रीगणेश, बसाहा, रामसीता, राधाकृष्ण, भैरवनाथ, हनुमानलगायत देवी देवताहरूको प्राचीन मूर्तिहरू र मन्दिर परिसरमा करिब एक बिघा क्षेत्रफल ओगटेको पोखरीसमेत रहेको छ । काँटघाँट मन्दिर बारा जिल्लाका विभिन्न पर्यटकीय स्थल मध्ये प्रमुख एकको रुपमा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..