राम मन्दिर शिलान्यासका लागि जानकी मन्दिरका महन्त पुनः अयोध्याको लागि प्रस्थान

6 वर्ष पहिले प्रकाशित

(2077-04-20 B.S.)

1618 पटक देखिएको

साउन २० गते 

५ अगस्ट भारतको अयोध्यामा हुने राम मन्दिर शिलान्यासका लागि जानकी मन्दिरका महन्त पुनः अयोध्याको लागि प्रस्थान गरेका छन् ।

भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव यसभन्दा पहिले पनि जान खोज्दा उनीसँग पिसिआर रिपोर्ट नभएपछि सीमाबाट फर्काइएको थियो ।

सीमाबाट उनलाई फर्काइएपछि उनी सम्पूर्ण रिपोर्ट लिएर मंगलबार साँझ साढे पाँच बजे प्रस्थान गरेका छन् । भगवान रामको जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्त दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता हुन निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप लिएर गइरहेको जानकी मन्दिरका महन्थ दासले बताए । सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ ।

वर्षौको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको महन्थ दासले बताए । महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर सम्बन्धमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको हो । मन्दिरको भूमि पुजन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार गर्न लागेका हुन् ।

राम मन्दिर भूमि पूजन कार्यक्रमको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने, विशिष्ट अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ । कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रहने छ ।

कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन लागि सीमित व्यक्तिलाई मात्रै आमन्त्रित गरिएको हो । सीमित व्यक्तिलाई आमन्त्रित गरिएका मध्ये जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेत रहेका छन् ।

अयोध्यामा राम मन्दिर निर्माणको लागि हुन लागेको भूमि पुजनको अवसरमा जनकपुरधाम सहित मिथिलाञ्चलभर दिनमा रामधुन र साँझमा दिपावली मनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

22 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले