आफ्नै घर कोठाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरे

5 वर्ष पहिले प्रकाशित

(2077-04-25 B.S.)

1749 पटक देखिएको

साउन २५ 

सिरहामा आफ्नै घर कोठाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ दोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घर कोठामा बिक्रीवितरणको लागि लुकाई छिपाई राखेको लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने घर मुली २८ वर्षीय पाण्डव गुप्ता, २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, वडा नं. ४ बस्ने वर्ष २० कै सैफली खान रहेका छन् ।

त्यस्तै, गोलबजार नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय विवेक श्रेष्ठ, वडा नम्बर ६ बस्ने १९ वर्षीय शिरिल महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आइतबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको डीएसपी घिमिरेले बताए ।

पक्राउ परेका पाण्डव सहित उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने सेतो प्लाष्टिकको स-साना पोका ५ थान, कालो प्लाष्टिको ठूलो पोका १ थान, (पलाष्टिक सहित तौल गर्दा १ ग्राम ४०० मिलीग्राम, पलाष्टिक बाहेक तौल गर्दा १ ग्राम २०० मिलीग्राम) लागुऔषध बरामद भएको डीएसपी घिमिरेले बताए ।

लागुऔषध ओसारपसार, सेवन गर्ने पाण्डव गुप्ता समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

3 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

23 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

26 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

27 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..