भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु
साउन २६ गते
भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
आइतबार ११ जनाको शव खेतमा भेटिएपछि प्रहरी त्यहाँ पुगेको थियो । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए ।
३७ वर्षका केवल राम मात्रै जीवित रहेका छन् । प्रहरीले केवल रामसँग सोधपुछ गरिरहेको छ । केवल रामका आमाबुवा, एक भाइ, तीन बहिनी पनि मृत्यु भएको छ ।
यस्तै केवल रामकी एक छोरी र दुई छोरा तथा परिवारका प्रमुख ७५ वर्षका बुधा रामको पनि मृत्यु भएको छ । घर भन्दा पर गएर सुतेका कारण केवल राम जीवित रहन सफल भएको प्रारम्भिक जानकारी छ ।
मृत्युको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो हिन्दू परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका छन् ।
स्रोत : भारतीय सञ्चार माध्यम
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
8 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
8 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
17 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
27 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments