बारामा कोरोना महामारी रोगथामका लागि प्रदेश स्तरीय ५ सय शैयाको आइसोलेसन निर्माण हुने

5 वर्ष पहिले प्रकाशित

(2077-04-27 B.S.)

2900 पटक देखिएको

बारा, साउन २७

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना महामारी रोगथामका लागि प्रदेश स्तरीय ५ सय शैयाको आइसोलेसन निर्माण हुने भएको छ । स्थानीयहरुबाट व्यापक गुनासो र आलोचना आउन थालेपछि नगरले प्रमुख जिल्ला अधिकारी सहितको रोहवरमा तयारी अगाडी बढाएको हो ।

उपमहानगरपालिकाको वडा नम्वर दुईमा स्थापना गरिएको कोरोना अस्थाई अस्पतालको स्तर बृद्धि गरी ४ सय र पथलैया तालिम केन्दमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गरिने बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

यसका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री र आइसोलेसन निर्माणको बोलपत्र आह्वान गरी नियमानुसार गर्ने निर्णयमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले बताएका छन । यसका लागि प्रदेश सरकारबाट एक करोड सत्तरी लाख बजेट निकासा भएकोले चाडै नै सिमरा स्थित अस्थाई कोरना अस्पतामा पाँच सय शैयाको अस्पताल बनाउने कार्य सुरु हुने जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले बताएका छन ।

यसअघि नगरउद्योग बाणिज्य संघकाको प्रयासमा नगरभित्रै आइसोलेसन निर्माण हुनु पर्ने, नेपाल सरकारले तोकेको मापदण्ड पुरा गर्न सक्नेले होम क्वारेनटाइमा बस्न पाउन पर्ने लगायतका सात बुँदे सुझाव पत्र स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

नगर प्रमुख डा. पौडेलको अध्यक्षतमा सिमरामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी पण्डित, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, नेकपा जिल्ला कमिटी अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

3 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

23 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

26 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

27 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..