प्रहरीकै संरक्षणमा धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव गुण्डागर्दीमा उत्रे
भदौ २ गते
प्रहरीकै संरक्षणमा धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव गुण्डागर्दीमा उत्रेका छन् । यसअघि कयौं काण्डमा मुछिएर पनि कारबाही नभएका वडाध्यक्ष संजिव यादव मंगलबार फेरी एक परिवारमाथि नै कुटपिट गरेका छन् ।
मंगलबार फेरी वडाध्यक्ष यादवले वडा नं. ९ का तेजी यादवका सपरिवारमाथि कुटपिट गरी घाइते बनाएका छन् । वडाध्यक्षको नेतृत्वमा स्थानीय अनरजीत यादव, प्रदीप यादव, रामप्रसाद यादव, नगेन्द्र यादव लगायतले कुटपिट गरी सपरिवारलाई नै घाइते बनाएका हुन् ।
कुटपिटबाट तेजी यादव, उनका श्रीमती मन्तोरिया देवी यादव, छोरा भरोसी यादव, बुहारी सोनी यादव र कान्छो छोरा सत्रोहन यादव घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले ढल्केबर स्थित एक क्लिनिकमा भइरहेको कुटपिटबाट घाइते भरोसी यादवले जानकारी दिए ।
लामो समययदेखि काठचोरी र ग्राइभेल चोरीको धन्दामा लागेका वडाध्यक्षले आफ्नो काममा नसघाएको भन्दै कुटपिट गरेको पीडित परिवारले आरोप लगाएका छन् ।
मंगलबार बिहानै वडाध्यक्ष यादवले एक घर मिस्त्री पवन साहलाई समेत कुटपिट गरेका थिए ।
सिंगो परिवारमाथि कुटपिट गर्दा इलाका प्रहरी कार्यालय ढल्केबरले भने निवेदन लिन अस्वीकार गरको छ । वडाध्यक्ष संजिव यादवको नाम हटाए मात्र उजुरी दर्ता गर्ने प्रहरी निरीक्षक तीर्थ कार्कीले बताएको पीडित परिवारले सुनाए ।
यता प्रहरी निरीक्षक कार्कीले परिवारमाथि कुटपिटपछि पीडित परिवार निवेदन दिन आएको तर मिलेर गएको दावी गरे । उनले अफुले उजुरी दर्ता नगरेको कुरा झुटो रहेको समेत बताए । ‘कुटपिटको उजुरी दर्ता गर्न आएका थिए । तर पीडित परिवार आफै मिलेर गए’ उनले भने ।
गुण्डागर्दीमा उत्रेका वडाध्यक्ष संजिव यादवलाई यसअघिदेखि नै प्रहरी निरीक्षक कार्कीले सहयोग गर्दै आएका छन् ।
यसअघि पनि धनुषाधाम नगरपालिका–९ पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित घडेरी विवादमा गत जेठ २८ गते वडा अध्यक्ष संजिव यादव लगायतले महोत्तरीको गौशालाका नगरपालिकाका दिपलाल महतो र उनका भाइलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । सो घटनाको उजुरी लिनपनि प्रहरी निरीक्षक कार्की मानेको थिएनन् । पछि उजुरी दर्ता गर्दा समेत लामोसमय सम्म उनलाई प्रहरी निरीक्षकले पक्राउ गरेका थिएनन् ।
यसअघि असारको दोश्रो सातामा धनुषाधाम नगरपालिका–९ धारापानी स्थित श्री माध्यमिक प्राविधिक विद्यालयको जग्गाबाट झण्डै डेढसय टेलर ग्राइभेल वडाध्यक्ष यादवकै नेतृत्वमा चोरिएको आरोप लागेको थियो । उक्त घटनामा जेसीभी चालक र सहचालकलाई प्रहरी निरीक्षक कार्कीले कारबाही नगरी नगरपालिकालाई जिम्मा लागाएको थियो ।
काठ तस्करी र ग्राइभेल उत्खनन जस्ता धन्दामा कमाएको रकमबाट वडाध्यक्ष निरीक्षक कार्कीलाई समेत कमिसन दिने गरेको कारण उनी दुवैजनाको गहिरो सम्बन्ध रहेको स्थानीयले बताएका छन् । प्रहरीको संरक्षण पाएपछि वडाध्यक्ष यादव आफ्नो धन्दामा बाधा पुर्याउने तथा आफ्नो कुरा नमान्नेलाई जथाभावी कुटपिट गर्ने गरेका छन् ।
प्रहरी निरीक्षक कार्कीमाथि समेत तस्करसँग मिलोमतोमा खोला उत्खनन गराएको, अपराधीलाई पक्रन आनाकानी गरेको आरोप लाग्दै आएको छ ।
स्रोत :टुडेपाटि
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
3 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
9 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
15 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
23 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
9 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
23 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
23 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
26 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
27 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments