पर्साको स्थिति जस्ताको त्यस्तै !

5 वर्ष पहिले प्रकाशित

(2077-05-07 B.S.)

1745 पटक देखिएको

भदौ ७

चिकित्सकहरुले भने अनुसार पर्सामा समुदाय स्तरमा फैलिएको भनिएको कारोना संक्रमण बढ्नुमा अन्य कारण त छदैंछन्, पर्साको प्रशासनको तत्कालीन नेतृत्वमा देखिएको कमीकमजोरी पनि एउटा कारण हो ।

पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले सरोकारवाला निकाय बीच गर्नुपर्ने समन्वयकारी भुमिका र प्रारम्भिक चरणका देखिएको निष्क्रियता कारणले पनि हाल पर्सामा यो भयावह अवस्थाको सिर्जना भएको छ ।

प्रशासनमा रहेका तत्कालिन नेतृत्वबाट केही कमी कमजोरी भएको कुरा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले स्वीकार गरेका छन् ।

हाल जिल्ला प्रशासन कार्यालय पर्सा नयाँ प्रमुख जिल्ला अधिकारी अस्मान तमाङको नेतृत्वमा छ । त्यसबेलाका प्रजिअको भुमिकाबारे स्थानीय स्तरमा चर्को आलोचना भएपछि राजनीतिक दलका नेताहरुकै दबाब उनको सरुवा भएको बुझिन्छ । तसर्थ, नयाँ प्रजिअको भुमिका अपेक्षित रुपमा तत्कालिन प्रजिअको भन्दा बढी सक्रिय होस् भने आशा पर्साबासीको छ । हुन त, नव आगन्तुक प्रजिअ तमाङ पर्सा आएसँगै उनले केही सक्रियता बढाएकै छन् । आए लगत्तै, सरोकारवालाहरुसँग उनले बैठक बसेर अब कस्तो रणनीति बनाउने भन्नेबारे छलफल गरेका छन् । सोही अनुसार पर्सामा सेना परिचालन गरेर आगामी भदौ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याईएको छ ।

सार्वजनिक सन्चारमाध्यममा बोल्दै उनले दुख कष्ट सहेर पनि भदौ १३ गतेसम्मका लागि साथ र सहयोग दिए, समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण हुने अपेक्षा गरेको बताएका छन् । प्रजिअ तमाङले सोचे अनुरुप नै भएदिए त, पर्साबासीका लागि उनको पहल तारिफयोग्य रहने थियो । तर तत्कालिन प्रजिअ बस्नेतले उल्लेख गरेका कमीकमजोरीमा भने कुनै सुधार आएको छैन ।

अहिले पनि लुकीछिपी भारतीय नेपाल प्रवेश गरिरहेका छन् । दिनानुदिन बाहिर आएका केही तस्करीका घटनाले यसलाई प्रमाणित गरेका छन् । समाचारमा नआएका त, घटना त अन्य कयौं छन् । सर्वसाधारणको आवातजावत पनि त्यत्तिकै भइरहेको छन । कोरोना फैलुनमा सबभन्दा मुख्य कमजोरी सीमा नाकामा भएको लापरवाही नै हो ।

हाल आइसोलेसन बेडसहितको कोभिड अस्पतालको व्यवस्था गर्न आवश्यक समन्वय र सहकार्य गरी यसको अधिकतम व्यवस्थापन विस्तारका लागि आशाराम अस्पताललाई छानिए पनि यो पनि भोलिका दिनमा अपर्याप्त हुने भएकाले संकट व्यवस्थापन केन्द्रले नेशनल मेडिकल कलेजमा ३०० बेडको कोभिड अस्पताल संचालन गर्ने निर्णय हालसम्म कार्यन्वयन भएको छैन ।

यसैगरी, संकट व्यवस्थापन केन्द्रलाई भन्दा विपद व्यवस्थापन समिति मार्फत सबै पक्षलाई सक्रिय रुपमा सहभागी गराई सबै पक्षलाई सक्रिय बनाउन सके महामारी नियन्त्रणको प्रयास अझ प्रभावकारी हुन्थ्यो । सबै पक्षलाई सहभागी नगराउनु कै उदाहरण हो, हिजो आशाराम अस्पताल अगाडि स्थानीयले गरेको विरोध प्रदर्शन । नागरिक समाज, जनप्रतिनिधी लगायतका सहभागी गराएर कदम अगाडि बढाएको भए हिजोको घटना हुदैंन थियो होला ।

विभिन्न निजी अस्तपालहरुमा उपचारको लागि आएका बिरामीहरुलाई चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाएपछि अस्पताल चाहार्दा चाहार्दै बिरामीहरुको मृत्यु भएको भएकोमा त्यसबेला प्रशासनले अस्पतालहरुलाई चेतावनी दिएको थियो । तर चेतावनी दिएकै दिन फेरि सोही प्रकृतिको घटना घट्यो । नयाँ प्रमुख जिल्ला अधिकारी आगमन पश्चात पनि त्यस्ता एकाध घटना भएका छन् । तर त्यसबेला प्रशासनले दिएको चेतावनी बाहेक हालसम्म लापरवाही गर्ने अस्पतालहरुलाई केही कारवाही गरिएको छैन ।

त्यसैले, सिडियो साब ! पर्सामा कोरोना संक्रमणले गर्दा निम्तिएको यो भयावह स्थितिलाई नियन्त्रणमा ल्याउने हो भने एक्सनमा आउनुहोस् । पर्सालाई यथास्थितिबाट अघि बढाउने हो भने विगतको नेतृत्वबाट भएका कमी कमजोरीलाई सुधार गर्दै निर्णय मात्र होइन, प्रभावकारी कार्यन्वयन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

3 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

23 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

26 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

27 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..