बाराको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाहा गरे
बारा, भदौँ १३
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाहा गरेको छ । संस्थाले सोही उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरकी सदस्य सन्चमाया तामागनीको मृत्युपछि उनको नाममा रहेको ३ लाख ९९ हजार ८७० कर्जा मिनाहा गरेको हो ।
कर्जा मिनाहसँगै आश्रित परिवारमा ३५ हजार नगद राहत रकमसमेत प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाबाट गएको प्रतिनिधिहरुको टोलीले मृतक तामागनीको घरमा श्रद्धाञ्जलीे कार्यक्रम गरी उनका पति पसाङ्ग तामांगलाई कर्जा मिनाहको प्रमाणपत्रसहित राहत रकम प्रदान गरेको हो ।
संस्थाले मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तर्गत राहत प्रदान तथा कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत कर्जा मिनाहा गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्ना एक दर्जन मृतक सदस्यका आश्रित परिवारमा मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तरगत राहत प्रदान गरिसकेको छ भने कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत सुविधा पाउने तामागनीको परिवार पहिलो भएको उहाँले बताउनुभयो ।
पाठेघर क्यान्सरबाट तामागनीको गत असार २७ गते निधन भएको थियो । संस्थाले कोरोना महामारीको प्रभावमा परेका आफ्ना सदस्यहरुले लिएको कर्जाको ब्याज घटाउँदै हर्जाना नलिने घोषण समेत गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । संस्थाले नियमित कारोबारमा संलग्न सदस्यहरुलाई यस अवधिमा कर्जा भाखा नाघेको अवस्थामासमेत साधारण ब्याज लिने र कुनै किसिमको हर्जना नलिने निर्णय गरेको उहाले बताउनु भयो ।
सामान्य तथा ९ देखि ६ प्रतिशत साधारण ब्याजमा लगानी भएको कर्जाको ब्याज ९ देखि १४ प्रतिशतमा झारिएको खड्काले जानकारी दिनुभयो । संस्थाले कृषि कर्जा लगानी गर्नुका साथै मल, विउ, कृषि सामाग्री सहितको कृषि पसल संचालन गर्दै आएको छ । यस्तै कृषि प्राविधिक नियूक्त गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेतले जानकारी दिनुभयो ।
करिब ४० करोडको कारोबार गर्दै आएको संस्थामा ४८ जना पुरुष सहित २ हजार २६५ सदस्य आवद्ध रहेका छन् ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments