बाराको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाहा गरे

5 वर्ष पहिले प्रकाशित

(2077-05-13 B.S.)

2617 पटक देखिएको

बारा, भदौँ १३

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाहा गरेको छ । संस्थाले सोही उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरकी सदस्य सन्चमाया तामागनीको मृत्युपछि उनको नाममा रहेको ३ लाख ९९ हजार ८७० कर्जा मिनाहा गरेको हो ।

कर्जा मिनाहसँगै आश्रित परिवारमा ३५ हजार नगद राहत रकमसमेत प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाबाट गएको प्रतिनिधिहरुको टोलीले मृतक तामागनीको घरमा श्रद्धाञ्जलीे कार्यक्रम गरी उनका पति पसाङ्ग तामांगलाई कर्जा मिनाहको प्रमाणपत्रसहित राहत रकम प्रदान गरेको हो ।

संस्थाले मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तर्गत राहत प्रदान तथा कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत कर्जा मिनाहा गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्ना एक दर्जन मृतक सदस्यका आश्रित परिवारमा मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तरगत राहत प्रदान गरिसकेको छ भने कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत सुविधा पाउने तामागनीको परिवार पहिलो भएको उहाँले बताउनुभयो ।

पाठेघर क्यान्सरबाट तामागनीको गत असार २७ गते निधन भएको थियो । संस्थाले कोरोना महामारीको प्रभावमा परेका आफ्ना सदस्यहरुले लिएको कर्जाको ब्याज घटाउँदै हर्जाना नलिने घोषण समेत गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । संस्थाले नियमित कारोबारमा संलग्न सदस्यहरुलाई यस अवधिमा कर्जा भाखा नाघेको अवस्थामासमेत साधारण ब्याज लिने र कुनै किसिमको हर्जना नलिने निर्णय गरेको उहाले बताउनु भयो ।

सामान्य तथा ९ देखि ६ प्रतिशत साधारण ब्याजमा लगानी भएको कर्जाको ब्याज ९ देखि १४ प्रतिशतमा झारिएको खड्काले जानकारी दिनुभयो । संस्थाले कृषि कर्जा लगानी गर्नुका साथै मल, विउ, कृषि सामाग्री सहितको कृषि पसल संचालन गर्दै आएको छ । यस्तै कृषि प्राविधिक नियूक्त गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेतले जानकारी दिनुभयो ।

करिब ४० करोडको कारोबार गर्दै आएको संस्थामा ४८ जना पुरुष सहित २ हजार २६५ सदस्य आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

3 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

23 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

26 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

27 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..