कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-05-15 B.S.)

2076 पटक देखिएको

भदौ १५ 

नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा(४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाएका हुन् ।

गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए । त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो। तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले उनको ज्यान गइसकेपछि काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताएका छन् ।

उनको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो । ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले पनि उनको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेका छन् । मनरा सिसवा नगरपालिका सूचना प्रविधि अधिकृत आलोक कुमार सहनीले कोरोना संकटबीच पनि उनी गाउँगाउँ पुगेर बिरामीको सेवामा जुटेका थिए । ‘उहाँ सरकारी कर्मचारी त होइन, तर कोरोना संकटमा पनि उहाँले गाउँ गाउँमा पुगेर धेरै बिरामीको सेवा गर्नुभएको थियोु, उनले भने, ‘घरमै रहेको क्लिनिकमा पनि यो बीचमा उहाँले कयौँ बिरामीको उपचार गर्नु भएको थियो ।

उहाँलाई बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएको हुन सक्छ ।’ सहनीका अनुसार ज्यान गुमाएका हेल्थ असिस्टेन्ट गाउँमा लोकप्रिय थिए। ‘सेवाभाव राखेर गाउँ गाउँमा भनेका बेला पुग्‍ने गरेकाले उहाँ लोकप्रिय हुनुहुन्थ्योु, उनले भने, ‘तर कोरोनाकै कारण उहाँले ज्यान गुमाउन पुग्‍नु भयो । बिरामीको सेवा गर्दा गर्दै उहाँको निधन भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

16 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

19 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले