कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2077-05-15 B.S.)

2028 पटक देखिएको

भदौ १५ 

नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा(४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाएका हुन् ।

गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए । त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो। तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले उनको ज्यान गइसकेपछि काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताएका छन् ।

उनको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो । ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले पनि उनको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेका छन् । मनरा सिसवा नगरपालिका सूचना प्रविधि अधिकृत आलोक कुमार सहनीले कोरोना संकटबीच पनि उनी गाउँगाउँ पुगेर बिरामीको सेवामा जुटेका थिए । ‘उहाँ सरकारी कर्मचारी त होइन, तर कोरोना संकटमा पनि उहाँले गाउँ गाउँमा पुगेर धेरै बिरामीको सेवा गर्नुभएको थियोु, उनले भने, ‘घरमै रहेको क्लिनिकमा पनि यो बीचमा उहाँले कयौँ बिरामीको उपचार गर्नु भएको थियो ।

उहाँलाई बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएको हुन सक्छ ।’ सहनीका अनुसार ज्यान गुमाएका हेल्थ असिस्टेन्ट गाउँमा लोकप्रिय थिए। ‘सेवाभाव राखेर गाउँ गाउँमा भनेका बेला पुग्‍ने गरेकाले उहाँ लोकप्रिय हुनुहुन्थ्योु, उनले भने, ‘तर कोरोनाकै कारण उहाँले ज्यान गुमाउन पुग्‍नु भयो । बिरामीको सेवा गर्दा गर्दै उहाँको निधन भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..