बारामा आजबाट निषेधाज्ञा खुकुलो हुने

5 वर्ष पहिले प्रकाशित

(2077-05-16 B.S.)

3367 पटक देखिएको

बारा ,भदौँ १६

बारामा आजबाट निषेधाज्ञा खुकुलो हुने भएको छ ।जिल्ला सुरक्षा समिति र डिसिसिएमसीको बैठकले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । बैठकले खाद्यान्न, किराना पसल, ग्याँस, इन्धन, दूध डेरी, तेल, घिउ, मरमसलासमेतका अन्य पसल व्यावसायहरु बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुल्ला गर्ने र यसको लागि भौतिक दुरी कायम राख्नु पर्ने निर्णय गरेको छ ।

साथै दैनिक उपभोग्यजन्य तरकारी, माछा, मासु तथा फलफूल पसलहरु पनि संचालन गर्न पाइने भएको छ । कलैयाको मुख्य बजार क्षेत्रको पूर्वतर्फ हनुमान मन्दिर, पश्चिम नेपाल बाल संगठनको भवन, उत्तर देवकोटा चोक र दक्षिण पावरहाउस चोकको चार किल्लाबाहिरमात्र त्यस्ता बस्तुहरु बिक्री वितरण गर्न पाइने छैन ।

त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरुमार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयहरुले भने स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भदौँ १७ गतेदेखि सेवा प्रवाहको व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।

बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य संचालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरेको छ ।

निर्णय अवज्ञा गरी सवारी साधन वा मोटरसाईकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..