प्रदेश २ का ३६ वटा स्थानीय तहले चालु आर्थिक वर्षकालागि अझै बजेट ल्याउन सकेन

5 वर्ष पहिले प्रकाशित

(2077-05-17 B.S.)

1925 पटक देखिएको

भदौ १८ गते

प्रदेश २ का ३६ वटा स्थानीय तहले चालु आर्थिक वर्षकालागि अझै बजेट ल्याउन सकेको छैन् । असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रदेश २ का उक्त पालिकाले भदौ १७ गते बितिसक्दा समेत ल्याउन नसकेका हुन् ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश २ का आठ जिल्लामध्ये सबैभन्दा बढी रौतहटका स्थानीय तहले निर्धारित समयसीमाभित्र बजेट ल्याउन सकेका छैनन् । बजेट र योजना तानातानकै कारण नगरसभा विवादित बन्दै गएपछि रौतहटका गरुडा, राजदेवी, ईशनाथ, कुठारिया, देवाही गोनाही, परोहा, फतुवा विजयपुर, बौधीमाई, वृन्दावन र यमुनामाई गरी १० ओटा पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

पर्साका पोखरिया, जगरनाथपुर, धोविनी, पकहा मैनपुर, सखुवा प्रसौनी, ठोरी र जिरभवानी गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन् । यस्तै, सिरहाका पनि सातओटा पालिकामा बजेट आउन सकेको छैन । सिरहाका कल्याणपुर, मिर्चैया, अर्नामा, औरही, नवराजपुर, बरियारपुर र लक्ष्मीपुर गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् ।

सप्तरीका चारओटा स्थानीय तहले बजेट ल्याउन सकेको छैन । छिन्नमस्ता, राजगढ, महादेवा र सप्तकोशी नगरपालिकाले अहिलेसम्म बजेट ल्याउन नसकेको हो । यस्तै, महोत्तरीको सम्सी र पिपरा गाउँपालिको बजेट आउन सकेको छैन । बाराका पनि तीनओटा पालिकाको बजेट आउन सकेको छैन । जिल्लाका सिम्रौनगढ, आदर्श कोत्वाल र विश्रामपुर गरी बाराका तीनओटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

यस्तै, धनुषाका तीन स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । गणेशमान, कमला र धनौजी गाउँपालिकाले अझै बजेट ल्याउन नसकेको हो ।

संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहमा चार प्रकारका अनुदान, राजस्व बाँडफाँट तथा प्राकृतिक स्रोतको बाँडफाँट मार्फत बजेट दिने गर्छ ।

सोही स्रोतलाई आधार बनाई स्थानीय तहले अनुमानित बजेट बनाएर समयमै गाउँसभामा प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, निर्धारित समयमा बजेट नल्याउने पालिकाको अनुदान कटौती हुने प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..