सुरक्षा मापदण्ड पुरा गरेर होटेल तथा रेस्टुरेन्ट संचालन गर्न पाउने
बारा, भदौ १९
नगरस्तरीय कोरोना भाइरस विपद व्यवस्थापन न्युनीकरण अनुगमन तथा समन्वय समितिको बसेको बैठकले कोरोना भाइसर प्रकोप न्युनीकरणको लागि निजगढ नगरपालिका यसअघि जारी गरेको होटेल, रेस्टुरेन्ट, पसल, व्यवसाय तथा वित्तिय संघसंस्था सञ्चालन कार्यविधि २०७७ संशोधन गरेको छ । स्थानीय व्यवसायीहरुको आग्रहमा समितिले यसअघि जारीे भएको कार्यविधिमा केही दफा संशोधनसहित पारित गरेको हो ।
कार्यविधि पारित भएसंगै निजगढका व्यवसायीले सुरक्षा मापदण्ड पुरा गरेर होटेल तथा रेस्टुरेन्ट बिहान ७ बजेदेखि साँझ ७ सम्म र पसल तथा अन्य व्यवसाय बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन गर्न पाउने छन । व्यवसाय सञ्चालन गर्ने क्रममा सुरक्षा सतर्कता अनिवार्यरुपमा पुरा गरेको हुनुपर्ने र तोकिएको शर्त पालन गरेको पाइएपछिमात्रै व्यवसाय सञ्चालन अनुमति दिइने कार्यविधिमा व्यवस्था छ ।
होटेल, रेस्टुरेन्ट तथा पसल व्यवसायीले संक्रमण जोखिम न्युनीकरणको लागि होमडेलिभरीबाहेक होटेलमा अर्डर लिन आएका ग्राहकहरुमा भौतिक दुरी कायम गराउन होटेल रेस्टुरेन्टअगाडि अनिवार्यरुपमा गोलो घेरा बनाउनुपर्ने छ ।
त्यसैगरी होटेलमा भिन्नभिन्न समुहबाट आएका ग्राहकलाई सामाजिक दुरी कायम गरी अलग अलग टेबुलमा राखेर सेवा दिनुपर्ने, कामदारले मास्क र पन्जाको प्रयोग गर्नुपर्ने र साबुन पानीले हात धुने व्यवस्था मिलाउनु पर्ने तथा थर्मल गनले शरीरको तापक्रम जाँच गरेपछि मात्रै सेवा दिनुपर्ने व्यवस्था पनि गरेको छ ।
त्यसैगरी टेबुल तथा कुर्सीहरु अनिवार्यरुपमा दैनिक स्यानिटाइजर गर्नुपर्ने र चिया पसलेले भने डिस्पोजेवल कपको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । कार्यविधिले तोकेका शर्तहरु व्यवसायीले पालन गरे नगरेको बारेमा निरन्तर अनुगमन गर्न नगरपालिकका अधिकृत ऋषव काफ्लेको संयोजकत्वमा सावित्री भारती, गोकुल घोरसाइने, मिना लामा, दुर्गा कोइराला, दिपेन्द्र श्रेष्ठ, रविकुमार बर्तौला, रामकृष्ण घिमिरेलगायत ९ सदस्यीय अनुगमनसमिति समेत गठन गरेको छ ।
समितिको अनुगमनपछि शर्त पुरा गरेको अवस्थामामात्र व्यवसाय सञ्चालन गर्ने अनुमति दिइने अन्यथा पहिलो पटकलाई लिखित सुचना दिएर जानकारी गराउने र दोस्रो पटकदेखि १ हजार, तेस्रो पटकमा ३ हजार जरिवाना र संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइने नगरपालिका सुचना अधिकारी रविन घिमिरेले बताउनुभयो ।
कोरोना भाइरस न्युनीकरणका उपाय अवलम्बन गर्दै स्थानीयको व्यापार व्यवसाय र जनजीवन सहज पार्न कार्यविध संशोधन गरी लागु गरिएको पनि घिमिरेले बताउनुभयो । नगरप्रमुख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख लिलादेवी लामिछाने, व्यवसायी युवराज लामा, ज्ञानेन्द्र चौलागाई, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइरालाकोसमेत उपस्थिति रहेको थियो ।
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
4 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
5 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
19 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
4 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
19 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments