सुरक्षा मापदण्ड पुरा गरेर होटेल तथा रेस्टुरेन्ट संचालन गर्न पाउने

5 वर्ष पहिले प्रकाशित

(2077-05-19 B.S.)

3608 पटक देखिएको

बारा, भदौ १९

नगरस्तरीय कोरोना भाइरस विपद व्यवस्थापन न्युनीकरण अनुगमन तथा समन्वय समितिको बसेको बैठकले कोरोना भाइसर प्रकोप न्युनीकरणको लागि निजगढ नगरपालिका यसअघि जारी गरेको होटेल, रेस्टुरेन्ट, पसल, व्यवसाय तथा वित्तिय संघसंस्था सञ्चालन कार्यविधि २०७७ संशोधन गरेको छ । स्थानीय व्यवसायीहरुको आग्रहमा समितिले यसअघि जारीे भएको कार्यविधिमा केही दफा संशोधनसहित पारित गरेको हो ।

कार्यविधि पारित भएसंगै निजगढका व्यवसायीले सुरक्षा मापदण्ड पुरा गरेर होटेल तथा रेस्टुरेन्ट बिहान ७ बजेदेखि साँझ ७ सम्म र पसल तथा अन्य व्यवसाय बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन गर्न पाउने छन । व्यवसाय सञ्चालन गर्ने क्रममा सुरक्षा सतर्कता अनिवार्यरुपमा पुरा गरेको हुनुपर्ने र तोकिएको शर्त पालन गरेको पाइएपछिमात्रै व्यवसाय सञ्चालन अनुमति दिइने कार्यविधिमा व्यवस्था छ ।

होटेल, रेस्टुरेन्ट तथा पसल व्यवसायीले संक्रमण जोखिम न्युनीकरणको लागि होमडेलिभरीबाहेक होटेलमा अर्डर लिन आएका ग्राहकहरुमा भौतिक दुरी कायम गराउन होटेल रेस्टुरेन्टअगाडि अनिवार्यरुपमा गोलो घेरा बनाउनुपर्ने छ ।

त्यसैगरी होटेलमा भिन्नभिन्न समुहबाट आएका ग्राहकलाई सामाजिक दुरी कायम गरी अलग अलग टेबुलमा राखेर सेवा दिनुपर्ने, कामदारले मास्क र पन्जाको प्रयोग गर्नुपर्ने र साबुन पानीले हात धुने व्यवस्था मिलाउनु पर्ने तथा थर्मल गनले शरीरको तापक्रम जाँच गरेपछि मात्रै सेवा दिनुपर्ने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी टेबुल तथा कुर्सीहरु अनिवार्यरुपमा दैनिक स्यानिटाइजर गर्नुपर्ने र चिया पसलेले भने डिस्पोजेवल कपको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । कार्यविधिले तोकेका शर्तहरु व्यवसायीले पालन गरे नगरेको बारेमा निरन्तर अनुगमन गर्न नगरपालिकका अधिकृत ऋषव काफ्लेको संयोजकत्वमा सावित्री भारती, गोकुल घोरसाइने, मिना लामा, दुर्गा कोइराला, दिपेन्द्र श्रेष्ठ, रविकुमार बर्तौला, रामकृष्ण घिमिरेलगायत ९ सदस्यीय अनुगमनसमिति समेत गठन गरेको छ ।

समितिको अनुगमनपछि शर्त पुरा गरेको अवस्थामामात्र व्यवसाय सञ्चालन गर्ने अनुमति दिइने अन्यथा पहिलो पटकलाई लिखित सुचना दिएर जानकारी गराउने र दोस्रो पटकदेखि १ हजार, तेस्रो पटकमा ३ हजार जरिवाना र संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइने नगरपालिका सुचना अधिकारी रविन घिमिरेले बताउनुभयो ।

कोरोना भाइरस न्युनीकरणका उपाय अवलम्बन गर्दै स्थानीयको व्यापार व्यवसाय र जनजीवन सहज पार्न कार्यविध संशोधन गरी लागु गरिएको पनि घिमिरेले बताउनुभयो । नगरप्रमुख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख लिलादेवी लामिछाने, व्यवसायी युवराज लामा, ज्ञानेन्द्र चौलागाई, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइरालाकोसमेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

9 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

23 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..