विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर सुनसान
बारा, भदौ १९
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा सुनसान भएको छ । चैत ११ गते देखि लागेको लकडाउन देखि नै मन्दिरमा भक्तजन तथा दर्शनार्थी हरुको संख्या कम भएको मन्दिरका पुजारीहरुले बताएका छन् ।
गढीमाई मन्दिरमा दैनिक पुजा गर्ने सामाग्रीको समेत अभाव भएको बताईएको छ ।मन्दिरमा पुजा गर्ने सामाग्रीको अभाव हुदाँ पनि महागढीमाई नगरपालिका र गढीमाई सञ्चालन तथा विकास समितिले समेत ध्यान नदिएको पुजारी शम्भु प्रसाद चौधरी बताउनुभयो ।
मन्दिरको पुजा प्रतिदिन हुने गरेको र पुजा सामाग्रीको आपुर्ति पुजारीहरुले नै जोहो गर्ने गरेको पुजारी चौधरीको भनाइ रहेको छ ।एेतिहासिक एवम् पुरातात्त्विक गढीमाई मन्दिरमा व्यवस्थापनको कमि भएको स्थानीयबासीको भनाइ रहेको छ । महागढीमाई नगरपालिकाले पनि मन्दिरको रेखदेख नगर्ने गरेको स्थानीय व्यापारीको भनाइ रहेको छ । गढीमाई मन्दिरको प्राङ्गणमा घरेलु पशु तथा बाख्राले गर्दा धेरै फोहोर हुने गरेको सरसफाइको काम गर्दै आएका मंगल प्रसाद मण्डलले बताउनुभयो ।
मन्दिरमा स्थानीय व्यापारी तथा स्थानीयबासीको बाख्रा र घरेलु पशु आउने गरेपनि बोल्दा झगडा समेत गर्ने गरेको सरसफाइकर्मी मण्डलले बताउनुभयो ।गढीमाई मन्दिरमा ताला लगाईएको छ ।बिहान बेलुका पुजाको लागि मात्र मन्दिर खोल्ने गरेको बताईएको छ । गढीमाई मन्दिर वरिपरि फोहोरै फोहरले भरिएको छ ।
हेर्ने कोही समेत नभएको गढीमाई दर्शन गर्न आएकि रिना देवी साहले बताईन ।फोहोरले गर्दा चारैतिर असौन्दर्य बनाएको दर्शनार्थी साहको भनाइ रहेको छ । बारा जिल्लामा निषेधाज्ञा लागु भएपनि केही खुकुलो भएको स्थानीयबासीको भनाइ रहेको छ । महागढीमाई नगरपालिकाले गढीमाइ मन्दिरको पश्चिमपट्टी रहेको पोखरीमा सुर्य मन्दिर निर्माणको काम गराएको भएपनि गढीमाई मन्दिरमा केही गर्न नसकेको बरियारपुरका स्थानीयबासी जितेन्द्र कुशवाहाले बताउनुभयो ।
महागढीमाई नगरपालिकाले अहिले केही काम गर्न नसेको स्थानीयबासी कुशवाहाले बताउनुभयो । महागढीमाई नगरपालिकाले गढीमाई मन्दिरको लागि काम गरेको व्यवस्थापनमा केही कमि भएको नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् । व्यवस्थापनको काम समितिले गर्नुपर्ने भएकोले यस्तो हुन पुगेको नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् ।
गढीमाई मन्दिरका संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले आफुलाई यस बिषयमा कसैले जानकारी नदिएका कारण यस्तो लापरबाही हुन गएको बताउनुभयो । अब व्यवस्थापनमा कडाई गरिने अध्यक्ष साहको भनाइ रहेको छ। कोरोना महामारीका कारण धार्मिक क्षेत्रमा पनि प्रभाव परेको सास्कृतिकविदहरुको भनाइ रहेको छ । प्रहरी प्रशासनले कडाई गरेका कारण बरियारपुर बजार र गढीमाई क्षेत्रका आसपासका पसल आशिक रुपमा खुल्ने गरेको स्थानीय व्यापारी रामपुर प्रसाद चौरसिया बताउनुभयो ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
9 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
9 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
23 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments