विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर सुनसान

6 वर्ष पहिले प्रकाशित

(2077-05-19 B.S.)

4287 पटक देखिएको

बारा, भदौ १९ 

बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा सुनसान भएको छ । चैत ११ गते देखि लागेको लकडाउन देखि नै मन्दिरमा भक्तजन तथा दर्शनार्थी हरुको संख्या कम भएको मन्दिरका पुजारीहरुले बताएका छन् ।

गढीमाई मन्दिरमा दैनिक पुजा गर्ने सामाग्रीको समेत अभाव भएको बताईएको छ ।मन्दिरमा पुजा गर्ने सामाग्रीको अभाव हुदाँ पनि महागढीमाई नगरपालिका र गढीमाई सञ्चालन तथा विकास समितिले समेत ध्यान नदिएको पुजारी शम्भु प्रसाद चौधरी बताउनुभयो ।

मन्दिरको पुजा प्रतिदिन हुने गरेको र पुजा सामाग्रीको आपुर्ति पुजारीहरुले नै जोहो गर्ने गरेको पुजारी चौधरीको भनाइ रहेको छ ।एेतिहासिक एवम् पुरातात्त्विक गढीमाई मन्दिरमा व्यवस्थापनको कमि भएको स्थानीयबासीको भनाइ रहेको छ । महागढीमाई नगरपालिकाले पनि मन्दिरको रेखदेख नगर्ने गरेको स्थानीय व्यापारीको भनाइ रहेको छ । गढीमाई मन्दिरको प्राङ्गणमा घरेलु पशु तथा बाख्राले गर्दा धेरै फोहोर हुने गरेको सरसफाइको काम गर्दै आएका मंगल प्रसाद मण्डलले बताउनुभयो ।

मन्दिरमा स्थानीय व्यापारी तथा स्थानीयबासीको बाख्रा र घरेलु पशु आउने गरेपनि बोल्दा झगडा समेत गर्ने गरेको सरसफाइकर्मी मण्डलले बताउनुभयो ।गढीमाई मन्दिरमा ताला लगाईएको छ ।बिहान बेलुका पुजाको लागि मात्र मन्दिर खोल्ने गरेको बताईएको छ । गढीमाई मन्दिर वरिपरि फोहोरै फोहरले भरिएको छ ।

हेर्ने कोही समेत नभएको गढीमाई दर्शन गर्न आएकि रिना देवी साहले बताईन ।फोहोरले गर्दा चारैतिर असौन्दर्य बनाएको दर्शनार्थी साहको भनाइ रहेको छ । बारा जिल्लामा निषेधाज्ञा लागु भएपनि केही खुकुलो भएको स्थानीयबासीको भनाइ रहेको छ । महागढीमाई नगरपालिकाले गढीमाइ मन्दिरको पश्चिमपट्टी रहेको पोखरीमा सुर्य मन्दिर निर्माणको काम गराएको भएपनि गढीमाई मन्दिरमा केही गर्न नसकेको बरियारपुरका स्थानीयबासी जितेन्द्र कुशवाहाले बताउनुभयो ।

महागढीमाई नगरपालिकाले अहिले केही काम गर्न नसेको स्थानीयबासी कुशवाहाले बताउनुभयो । महागढीमाई नगरपालिकाले गढीमाई मन्दिरको लागि काम गरेको व्यवस्थापनमा केही कमि भएको नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् । व्यवस्थापनको काम समितिले गर्नुपर्ने भएकोले यस्तो हुन पुगेको नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् ।

गढीमाई मन्दिरका संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले आफुलाई यस बिषयमा कसैले जानकारी नदिएका कारण यस्तो लापरबाही हुन गएको बताउनुभयो । अब व्यवस्थापनमा कडाई गरिने अध्यक्ष साहको भनाइ रहेको छ। कोरोना महामारीका कारण धार्मिक क्षेत्रमा पनि प्रभाव परेको सास्कृतिकविदहरुको भनाइ रहेको छ । प्रहरी प्रशासनले कडाई गरेका कारण बरियारपुर बजार र गढीमाई क्षेत्रका आसपासका पसल आशिक रुपमा खुल्ने गरेको स्थानीय व्यापारी रामपुर प्रसाद चौरसिया बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

16 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

19 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले