महोत्तरीकाे विभिन्न नदीको तटबन्धहरुमा मन्त्रीहरुकाे टाेली द्वारा अनुगमन
भदौ २५
महोत्तरी महाेत्तरीकाे विभिन्न पालिकाहरुमा रहेकाे नदीहरुकाे अनुगमन गरिएकाे छ । प्रदेश नम्बर २काे अर्थ मन्त्री बिजय कुमार यादव,अान्तरीक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र कुमार यादव समाजवादी पार्टीको धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार झा लगायकाे टाेलिहरु द्वारा विभिन्न नदीहरुकाे अनुगमन गरीएकाे छ।
अाैरही नगरपालिका वडा नम्बर ४ स्थित कविलसाकाे उत्तरबारी टाेलमा जंगहा खाेल्लाकाे बाढीले कटान गरिरहेको ठाउँलाई अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम गर्नेलाई अनुगमन गरी कार्यबायी गर्ने प्रदेश दुईका अान्तरीक मामिला तथा कानुन मन्त्री सराेज सिंह कुशवाहाले बताएको छ ।
त्यस्तै अाैरही नगरपालिका वाडा नम्बर १ काे नदी निरीक्षणमा वाडा नं २ काे फुलबरीयामा भईरहेकाे नदी कटानकाे निरीक्षण लगायत वाडा नं ३ श्रीपुरमा नदीले कटान गरीरहेकाे क्षेत्रलाई समेत अनुगमन गरीएकाे छ ।
त्यस्तै साेनमा गाउँपालिकमा मरहा नदीले कटान गरेकाे विभिन्न स्थानलाइ समेत अनुगमन गरी साे ठाउँलाइ तटबन्ध गरि कटान गरीदै अाईरहेकाे स्थानलाइ बचाउन प्रदेशबाट कार्य गरीने अर्थ मन्त्री बिजय कुमार यादवले बताएकाे छ। साेनमा गाउँपालिकाकाे वाडा नम्बर ३ खखना रघुनाथपुर,वाडा नम्बर १साेनमा र वाडा नम्बर २ कन्तवा नदीले कटान गरीएकाे स्थानहरु अनुगमन समेत गरि नदी नियन्त्रण गर्न सहयाेग गरिने सांसद डा सुरेन्द्र कुमार यादवले बताएका छन ।
उक्त टोल वर्षाै देखि बाढीले कटान गर्दै अाईरहेकाे र स्थानीयहरु बाढीबाट प्रभावित भएकोसँगै त्रसित रहेका छन । त्यस ठाउँहरु मध्ये अरुठाउँहरुमा प्रदेश सरकारकै योजनाबाट तटबन्ध कार्य सुरु गरेको थिए । तर कटान भई रहेको ठाउँभन्दा फरक ठाउँमा तटबन्ध भई रहेको पाएकाे थियो । अहिले अापतकालिन बजेट उपलब्ध गराएर याे समस्यालाई समाधान गर्ने र यही अा.व. मा बजेट राखी खाेला नियन्त्रण गर्ने मन्त्री यादवले बताए।
औरही नगरपालिका र साेनमा गाउँपालिकामा रहेका केहि स्थान डुबानमा पर्ने जोखिम रहेकाे देखिन्छ । वर्षातकाे समयमा निरन्तर रुपमा भईरहेको अविरल वर्षाको कारण उक्त नदिमा पानीको सतह बढ्दै गएको देखिन्छ । नदिमा पानीको सतह बढ्दै गएपछि स्थानीय वासीहरु त्रसित र भयवित भएका हुँदै अाइरहेका छन । ’दिन त जसोतसो काटेपनि,‘रात काटन ग्राहाे भएको स्थानीयहरुले बताए । रातभरि नै भयवित र त्रसित रहन्छौ, सुत्नपनि सक्दैनौ, कुन बेला नदिको बाढी उछेलर गाउँमा प्रवेश गरि गाउँ नै सखाप गर्ने हो ठेकान छैन ।’ हामी त्रसित अवस्थामा भएपनि यसै गाउँका वडा अध्यक्षले वा नगर प्रमुखले कुनै किसिमका सावधानी अपनाउन चासो नदेखाएको स्थानीयहरुले गुनासो गरे तत्काल खाेला नियन्त्रण नहुदा गाउँपालिका वासीहरु लाइ समस्या हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएकाे छ ।
उक्त अनुगमनमा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मंत्री तथा महाेत्तरी क्षेत्र नम्बर ४ काे संघीय सांसद डा. सुरेन्द्र यादव, जनता समाजवादी पार्टी नेताहरु, विभिन्न वडाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी,संचारकर्मी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारण हरुकाे उपस्थिति रहेको थियो ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments