लाल खोलामा निर्माणाधीन अधूरो तटबन्ध योजनालाई निर्माण सम्पन्न गर्न निर्माण समिति अग्रसर
बारा ,भदौ २६
बाराको निजगढ नगरपालिका वडा नं.१० स्थित लाल खोलामा निर्माणाधीन अधूरो तटबन्ध योजनालाई निर्माण सम्पन्न गर्न निर्माण समिति अग्रसर भएको छ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनको सहयोगमा सो खोलामा तारजालीमा ढुङ्गा भरी तटबन्ध गर्न लाल खोला पार्किङ संरक्षण समितिले काम गरेको भए तापनि सम्झौता अनुसारको योजना सम्पन्न नगरी अधूरो छोडेको थियो। पाँचवटा स्पर निर्माण गर्न कुल ५९५ थान तारजाली भर्ने गरी राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइले ५३ लाख ४० हजार ९२ रुपैयाँ लागतको योजना

पार्किङ संरक्षण समितिलाई दिएको थियो।
असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा निर्धारित अवधिमा काम सम्पन्न हुन नसकी १३७ थान जाली भर्न बाँकी रहेको थियो। सो बाँकी जाली भर्ने काम हाल निर्माण समितिले सम्पन्न गर्न अग्रसरता देखाएको हो। अधूरो योजनाको मूल्याङ्कन गरी चुरे संरक्षण एकाइ चितवनले ४३ लाख ८० हजार ६८४ रुपैयाँ ७५ पैसा पार्किङ संरक्षण समितिलाई भुक्तानी दिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनका प्रमुख रामहरि पन्तले बताएका छन।
तटबन्ध भर्न बाँकी रहेको १३७ थान तारजाली निजगढ नपगरपालिका वडा नं.१० का वडाध्यक्ष पद्मबहादुर मोक्तानको जिम्मामा छ। उक्त जाली वडाध्यक्ष मोक्तानको सहजीकरणमा स्थानीय निर्माण समितिले भर्ने गरी जिम्मा लगाएको चुरे संरक्षण एकाइले जनाएको छ।
स्थानीय समितिले काम गरेबापत केही रकम बचत गर्न सक्ने र सो रकम उनीहरूले सामाजिक कार्य वा व्यक्तिगतरूपमा खर्च गर्न सक्नेप्रति चुरे संरक्षण एकाइले प्रस्ट पारेको छ। काम गर्दा स्थानीय तहको दररेटको आधारमा मूल्य तोकी काम गराउन सकिए रकम जोगिने देखिन्छ।
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
11 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
26 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
1 महीना पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
11 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
26 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
1 महीना पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
1 महीना पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments