लाल खोलामा निर्माणाधीन अधूरो तटबन्ध योजनालाई निर्माण सम्पन्न गर्न निर्माण समिति अग्रसर

6 वर्ष पहिले प्रकाशित

(2077-05-26 B.S.)

3702 पटक देखिएको

बारा ,भदौ २६

बाराको निजगढ नगरपालिका वडा नं.१० स्थित लाल खोलामा निर्माणाधीन अधूरो तटबन्ध योजनालाई निर्माण सम्पन्न गर्न निर्माण समिति अग्रसर भएको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनको सहयोगमा सो खोलामा तारजालीमा ढुङ्गा भरी तटबन्ध गर्न लाल खोला पार्किङ संरक्षण समितिले काम गरेको भए तापनि सम्झौता अनुसारको योजना सम्पन्न नगरी अधूरो छोडेको थियो। पाँचवटा स्पर निर्माण गर्न कुल ५९५ थान तारजाली भर्ने गरी राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइले ५३ लाख ४० हजार ९२ रुपैयाँ लागतको योजना

पार्किङ संरक्षण समितिलाई दिएको थियो।

असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा निर्धारित अवधिमा काम सम्पन्न हुन नसकी १३७ थान जाली भर्न बाँकी रहेको थियो। सो बाँकी जाली भर्ने काम हाल निर्माण समितिले सम्पन्न गर्न अग्रसरता देखाएको हो। अधूरो योजनाको मूल्याङ्कन गरी चुरे संरक्षण एकाइ चितवनले ४३ लाख ८० हजार ६८४ रुपैयाँ ७५ पैसा पार्किङ संरक्षण समितिलाई भुक्तानी दिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनका प्रमुख रामहरि पन्तले बताएका छन।

तटबन्ध भर्न बाँकी रहेको १३७ थान तारजाली निजगढ नपगरपालिका वडा नं.१० का वडाध्यक्ष पद्मबहादुर मोक्तानको जिम्मामा छ। उक्त जाली वडाध्यक्ष मोक्तानको सहजीकरणमा स्थानीय निर्माण समितिले भर्ने गरी जिम्मा लगाएको चुरे संरक्षण एकाइले जनाएको छ।

स्थानीय समितिले काम गरेबापत केही रकम बचत गर्न सक्ने र सो रकम उनीहरूले सामाजिक कार्य वा व्यक्तिगतरूपमा खर्च गर्न सक्नेप्रति चुरे संरक्षण एकाइले प्रस्ट पारेको छ। काम गर्दा स्थानीय तहको दररेटको आधारमा मूल्य तोकी काम गराउन सकिए रकम जोगिने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले