एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी

6 वर्ष पहिले प्रकाशित

(2077-05-30 B.S.)

3653 पटक देखिएको

बारा भदौ ३०

बारामा तीन सातायता एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी भएको छ। सबडिभिजन वन कार्यालय मधुवन अन्र्तगत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो। जैतापुर, रामनगरको १४  किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख छानीछानी काटेर गोलिया बनाइ तस्करी गरिरहेका छन्।

लकडाउन र निषेधाज्ञा अवधिमा काठ तस्करी बढेको जैतापुर वन रेन्जपोस्टका इन्चार्ज एवम फरेस्टर जयप्रकाश साहले बताएका छन । उनले थोरै जनशक्ति र धेरै काठ तस्कर भएकाले वन संरक्षणमा कठिनाइ भएको बताउनु भयो । केही दिनअघि काठ तस्करहरूले ककरी वन रेन्जपोस्टका इन्चार्ज अब्दुल करीम मियाँमाथि कार्यालय परिसरमा हातपात गरेका थिए।

त्यस्तै सबडिभिजन वन कार्यालय मधुवनको गस्ती टोलीलाई ३०/३५ जना काठ तस्करले लखेट्दै आक्रमण गरेको घटना पनि सार्वजनिक भएको थियो। वन सुरक्षाकर्मीमाथि नै काठ तस्करहरू जाइलाग्ने घटना अहिले बढेको छ। दुई साताअघि बोधवन वन क्षेत्रमा दुईवटा हरियो सालका रूख ढाली पिकअप भ्यानमा तस्करहरूले लगेका थिए।

जैतापुर प्रहरी चौकी र सशस्त्र प्रहरीले कडाइ नगर्दा काठ तस्करी बढेको वन कर्मचारीको भनाइ छ। तस्करहरूको सङ्ख्या बढी भएको कारण गस्तीमा रहेका वन कर्मचारीहरूलाई लखेट्ने, हातपात गर्ने गरेका छन्। नियन्त्रणमा लिएका काठ, गोलियालाई सुरक्षित राख्न नसक्दा जैतापुर वन पोस्टबाट नै काठ चोरी हुने गरेको छ। सबडिभिजन वन कार्यालय मधुवनका प्रमुख एवम सहायक वन अधिकृत सुखदेवप्रसाद यादवले अहिले मधुवन वन क्षेत्रमा काठ तस्करहरू सक्रिय भएको बताएका छन।

भदौ अन्तिम सातासम्ममा बारामा १०५९ क्यूफिट काठ, गोलिया बरामद भएको र सो अवधिमा २२ जनामाथि मुद्दा दायर गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले