एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी

5 वर्ष पहिले प्रकाशित

(2077-05-30 B.S.)

3483 पटक देखिएको

बारा भदौ ३०

बारामा तीन सातायता एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी भएको छ। सबडिभिजन वन कार्यालय मधुवन अन्र्तगत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो। जैतापुर, रामनगरको १४  किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख छानीछानी काटेर गोलिया बनाइ तस्करी गरिरहेका छन्।

लकडाउन र निषेधाज्ञा अवधिमा काठ तस्करी बढेको जैतापुर वन रेन्जपोस्टका इन्चार्ज एवम फरेस्टर जयप्रकाश साहले बताएका छन । उनले थोरै जनशक्ति र धेरै काठ तस्कर भएकाले वन संरक्षणमा कठिनाइ भएको बताउनु भयो । केही दिनअघि काठ तस्करहरूले ककरी वन रेन्जपोस्टका इन्चार्ज अब्दुल करीम मियाँमाथि कार्यालय परिसरमा हातपात गरेका थिए।

त्यस्तै सबडिभिजन वन कार्यालय मधुवनको गस्ती टोलीलाई ३०/३५ जना काठ तस्करले लखेट्दै आक्रमण गरेको घटना पनि सार्वजनिक भएको थियो। वन सुरक्षाकर्मीमाथि नै काठ तस्करहरू जाइलाग्ने घटना अहिले बढेको छ। दुई साताअघि बोधवन वन क्षेत्रमा दुईवटा हरियो सालका रूख ढाली पिकअप भ्यानमा तस्करहरूले लगेका थिए।

जैतापुर प्रहरी चौकी र सशस्त्र प्रहरीले कडाइ नगर्दा काठ तस्करी बढेको वन कर्मचारीको भनाइ छ। तस्करहरूको सङ्ख्या बढी भएको कारण गस्तीमा रहेका वन कर्मचारीहरूलाई लखेट्ने, हातपात गर्ने गरेका छन्। नियन्त्रणमा लिएका काठ, गोलियालाई सुरक्षित राख्न नसक्दा जैतापुर वन पोस्टबाट नै काठ चोरी हुने गरेको छ। सबडिभिजन वन कार्यालय मधुवनका प्रमुख एवम सहायक वन अधिकृत सुखदेवप्रसाद यादवले अहिले मधुवन वन क्षेत्रमा काठ तस्करहरू सक्रिय भएको बताएका छन।

भदौ अन्तिम सातासम्ममा बारामा १०५९ क्यूफिट काठ, गोलिया बरामद भएको र सो अवधिमा २२ जनामाथि मुद्दा दायर गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

11 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

11 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले