आन्तरिक हवाई सेवा सोमवारदेखि खुल्ने,भाडा यथावत
असोज ४
कोरोना महामारी नियन्त्रणकालागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेका आन्तरिक हवाई सेवा सोमवारदेखि खुल्ने भएको छ ।
सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका थिए । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन् ।
मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार भोलिबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएका छन् ।
यति एयरलाइन्सका महाप्रबन्धक समेत रहेका रिमालले सो एयरलाइन्स सबै प्रक्रिया पुरा गरेर भोलिको दिन कुरेर बसेको बताउँछन् । हाललाई २५ प्रतिशत उडान हुनेछ । सबै विमानस्थलमा उडान हुनेछ । आवश्यकताअनुसार उडान संख्या बढाउने गरी भोलिबाट उडान शुरु हुन लागेको हो ।
यसअघि सरकारले भदौ १ गतेदेखि उडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बायुसोवा कम्पनीहरुले उडानको तयारी गरे । तर पछि कोरोना संक्रमण बढेको भन्दै पुन १५ दिन उडान बन्द गर्ने सरकारी निर्णपछि वायुसेवा सञ्चालकहरु रुष्ट भएका थिए ।
फेरि भदौ १६ गते पनि उडान गर्न नदिए आन्दोलनमा जाने चेतावनी समेत दिए । तर सो समयमा पनि उडान हुन सकेन ।
कोरोना महामारीका कारण करिब ६ महिना व्यावसायिक उडान बन्द हुँदो निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूले ठुलो नोक्सानी बेहोरेको हवाई व्यवसायीको भनाइ छ । बन्दाबन्दीको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको व्यवसायीको भनाइ छ ।
झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments