उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको बाराका दलितबस्तीका बासिन्दा प्रभावित

5 वर्ष पहिले प्रकाशित

(2077-06-05 B.S.)

4371 पटक देखिएको

बारा ,असोज ५

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा रहेका उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दालाई अप्ठेयारो भइरहेको छ।

उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भएको दलितबस्तीका राजु रामले गुनासो गरेका छन। उनले उद्योगबाट निस्किने धूवाँ र धूलोलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको आरोप लगाउनु भयो। उद्योगबाट निस्किने धूवाँ धूलोको कारण खाना पकाउँदा, कपडा सुकाउँदा र घरमा बस्दा पनि समस्या झेल्नुपरेको उनको भनाइ छ। दलितबस्तीका बासिन्दाले उद्योगीहरूलाई सो बारे बारम्बार अवगत गराउँदा पनि बेवास्ता गरिरहेको बताएका छन ।

वडाध्यक्ष मोहित चौधरीले उद्योगबाट निस्किने फोहरमैलाको व्यवस्थापन गर्ने दायित्व ऐनमा सम्बन्धित उद्योगको भएपनि यसतर्फ उद्योगीहरूले बेवास्ता गर्दै आएको बताउनु भयो।

वडाध्यक्ष चौधरीले आवश्यक स्रोत, साधन र पूर्वतयारीविना उद्योग सञ्चालन भइरहेकाले समस्या भएको र यसतर्फ स्थानीय प्रशासनले उजूरी सुनेर कारबाई गर्नुपर्ने माग गरेका छन्। त्यहाँ रहेका उद्योगीहरूले भने आरोप गलत भएको बताएका छन्। उनीहरूले थर्मल साइक्लोन प्रणालीको आधुनिक प्रविधिबाट ब्वाइलर जडान गरिएको र सोबाट छाई उडेर दलितबस्तीलाई समस्या भएको भन्ने विषय गलत भएको बताएका छन।

उनीहरूले त्यस्तो समस्या भएको भए उद्योगीहरूलाई अवगत गराइनुपर्ने तर अहिलेसम्म कसैले गुनासो नगरेको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

11 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

11 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले